शिवसताक्षी (धरमपुर), ११ असोज–झापाको शिवसताक्षी–२ मंगलबारे बजारमा सञ्चालित माता नवदुर्गा कृषि सहकारी संस्थाको ११औं बार्षिक साधारण सभा विविध कार्यक्रम गरि सोमबार सम्पन्न गरेको छ।

११औं बार्षिक साधारण सभामा सो सहकारी संस्थाको अध्यक्ष मच्छिन्द्र सम्बाहाम्फेले संस्थाको वार्षिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समिति संयोजक डिल्लीराम न्यौपानेले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यसैगरी, संस्थाले साधारण सभाको अवसरमा ज्येष्ठ शेयर सदस्यहरु, उत्कृष्ट कारोबारी, खुत्रुके वचत कर्ता, असल ऋणीलाई सम्मान र पुरस्कार प्रदान गरेको छ। संस्थाले हालसम्म ८ करोड ६७ लाख ८१ हजार २ सय १५ रुपैयाँ ९१ पैसाको वासलात रहेको र २२ लाख १९ हजार १सय १८ रुपैयाँ २९ पैसा खुद नाफा रहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि शिवसताक्षी नगरप्रमुख मेघहाङ्ग थोप्रा, सतासीदर्शन बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष भरतकुमारी बस्नेत, ,शिवसताक्षी–२ का वडा सचिव खेमराज दुलाल र साना किसान कृषि सहकारी संस्थाकी उपाध्यक्ष हरिकुमारी खनालले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाको उद्घाटन सत्रको कार्यक्रममा वक्ताहरुले सहकारीका माध्यमबाट स्थानीयस्तरमा कृषकहरुले अधिकतम फाइदा लिन सकेको जनाउँदै निरन्तरताका लागि शुभकामना व्यक्त गरे । यो सहकारी छोटो समयावधिमै प्रगतिको शिखरमा पुग्न सफल भएको वक्ताहरूले विचार राखे ।

साधारण सभामा पेश गरिएको बार्षिक प्रतिवेदनमा ३०५ महिला, २८३ पुरुषसहित कूल ५८८ शेयर सदस्य कायम भएको उल्लेख छ । सहकारी संस्थामा ५ सय ८८ जना शेयर सदस्यहरु छन् ।

११औं बार्षिक साधारण सभामा स्वागत मन्तव्य संचालक समिति सदस्य गंगा न्यौपाने विष्टले राखेकी साधारण सभाको संचालन व्यवस्थापक यामकुमार गौतमले गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *