दमक, १२ असोज–दमक खोला व्यवस्थापन तथा सौन्दर्यकरण मूल समिति अन्तर्गत दमक ४ मा स्थानीयको सहभागितामा वेतनी खोला व्यवस्थापन तथा सौन्दर्यकरण समिति गठन गरेको छ ।
स्थानीय जनचेतना आधारभूत विद्यालय परिसरमा मंगलवार भएको जनप्रतिनिधिसहित सरोकारवालाहरुको वृहत भेलाले समुन्द्रा लामाको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको छ । गठित समितिको द्धयउपाध्यक्षमा सीता पोख्रेल, भिमप्रसाद दहाल, सचिवमा दिपेश दाहाल, सहसचिवद्धयमा विरेन्द्र कार्की, अनिमा तामाङ, कोषाध्यक्षमा प्रेम रुम्वा र सहकोषाध्यक्षमा अनिल मगर चुनिएका छन् ।
यसैगरि सदस्यहरुमा अमर धिमाल, टिकादेवी न्यौपाने, जयराम भट्टराई, दुर्गा सिटौला, इन्द्र भट्टराई, शान्ता लिम्बू, रोहित आचार्य, केशेलाल धिमाल, भोज कुमारी ढुङ्गेल, कृष्ण श्रेष्ठ, रोहित उराव, गंगा धिमाल र अभिषेक धिमाल रहेका छन् ।
दमक ४ का वडाध्यक्ष पूण्यप्रसाद दाहालको अध्यक्षतामा भएको भेलामा मूल समितिका अध्यक्ष रबि वस्नेत, उपाध्यक्ष युवराज खनाल (सागर), सचिव नेत्र चौलागाई, सदस्य डिकवहादुर कार्की, भुतुरेखोला व्यवस्थापन सौन्दर्यकरण समितिका अध्यक्ष सन्तोष गौतम, सचिव सुशिल कार्की लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र खोलाका प्रत्यक्ष सरोकार जग्गाधनीहरुको समेत उपस्थिति रहेको थियो ।
