दमक, १४ असोज–मुटु सम्बन्धी रोगबाट पीडित झापा दमककी २७ वर्षिया मिना कुमारी केरुङको उपचारमा आर्थिक समस्या भएको छ । कमजोर आर्थिक अवस्थाका केरुङका पति दिलकुमार सुन्दास दर्जीले आफ्नो पत्नि मिना कुमारी केरुङको मुटुमा समस्या देखिएको र सो उपचारमा लाग्ने खर्च नभएकोले सहयोगको अपिल गर्नुभएको छ ।

मोरङको मधुमल्लास्थित तोरीबारी घर भएका हाल दमक–८ मा बसोबास गरिहेका दर्जी दम्पतीले दैनीक ज्यालामजदुरी गरेर जीविका पार्जन गरिहेका थिए । हाल, काठमाण्डौंस्थित सहिद गंगालाल हृदयरोग केन्द्रमा उपचारत केरुङको उपचारको क्रममा आर्थिक समस्या देखिएको हो ।

केरुङको उपचारमा सरकारी निकायबाट केही सुविधा पाउने भएपनि रेखदेख वा औषधी र खानपानमा खर्च लाग्ने दिलकुमारका दिदी मनु सरुले बताउनुभयो । परिवारको आर्थिक अवस्था कमजोर छ, दिदी सरुले भन्नुभयो–मेरा भाई वुहारीको अवस्था कमजोर छ । उनीहरु दमकमा दैनिक ज्यालादारी मजदुरी गरेर बसिरहेका छन् । पुरानो घर मोरङको मधुमल्ला हो तर त्यहाँ पनि घरायसी चल अचल सम्पती केही छैन् ।

करिव ६ महिनाअघि वुहारी मिना कुमारीलाई मुटु सम्बन्धी समस्याले ग्रसित बनायो । उनलाई खास समस्या के हो भनेर छुट्याउन अघि दमकको आम्दा अस्पताल र दमक अस्पताल लगायतका अस्पतालहरुमा निकै कष्टकर ढंगले उपचार गराइएको दिदी सरुले बताउनुभयो । भाई-बुहारीले आफुसँग भएको र आफन्तहरुबीचमा सर–सापटबाट जम्मा गरेको केही रकम पनि यतै खर्च त गर्यो । पछि, आफन्त वा छरछिमेकीहरुको सल्लाह अनुसार उनी धरानस्थित बिवी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पुगिन ।

सो क्रममा त्यहाँ कार्यरत डाक्टरहरुले उनलाई मुटुमा समस्या भएको बताए । त्यतिवेला उनी र उनका श्रीमान दिलकुमार सुन्दास दर्जीको अवस्था झनझन कमजोर बन्यो ।

काठमाण्डौंसम्म जानलाई दर्जी दम्पतीसँग आर्थिक समस्या भएपछि स्थानीयहरुले सङकलन गरेको आर्थिक सहयोग हस्तान्त्रण गरेका थिए । कमजोर आर्थिक अवस्थाका दिल कुमार दर्जीलाई आफ्नो प्राण प्यारी पत्निको उपचारमा सहयोग जुटाएरै राम्रै अस्पतालमा लैजाने र उपचार गर्ने अठोटका साथ लागिरहनु भएको छ ।

काठमाण्डौंको सहिद गंगालाल हृद्धयरोग अस्पतालमा उपचारत पत्नि केरुङसँगै रहनुभएका पति दिलकुमार दर्जीले हाम्रोसरोकार न्यूज पत्रिकासँग टेलिफोन मार्फत सहयोगको याचना गर्नुभएको छ । दर्जीले आफ्नो पत्निको उपचारमा सहयोग जुटाइदिन देश र बिदेशमा छरिएर रहनुभएका दाजुभाई तथा दिदी बहिनीहरुप्रती सहयोगको याचना गर्नुभएको छ ।

यता, स्थानीय कमल नेपाल, हरि न्यौपाने, हरिकृण पौडेल, मनकुमार दर्नाल लगायतको सक्रियतामा केरुङ बचाउ अभियान सञ्चालन गर्नुभएको छ ।
थप जानकारी वा सहयोगको निम्ति सम्पर्क नम्बर ९८२७९८६४१३ वा दमकस्थित मुक्तिनाथ विकास बैंकको खाता नम्बर ०५८२२३००९०५८१२०००००१ म सहयोग गर्न सकिने छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *