काठमाडौँ, १६ असोज–इङलिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा आर्सनलले टोटनह्याममाथि ३–१ गोल अन्तरको जित हात पारेको छ ।

शनिबारको खेलमा आर्सनललाई जित दिलाउने क्रममा खेलको २० औं मिनेटमा थोमस पार्टीले शुरुवाती गोल गरेका थिए । तर, खेलको ३१ औं मिनेटमा पेनाल्टीमार्फत टोटनह्यामका ह्यारी केनले बराबरी गोल फर्काए ।

डपहिलो हाफ १र१ को बराबरीमा सकिए पनि खेलको ४९ औं मिनेटमा आर्सनलका लागि गाब्रियल जेसस र ६७ औं मिनेटमा ग्रानिट साकाले १र१ गोल गरे ।

यससँगै लिगको शीर्षस्थानमा रहेको आर्सनलले ८ खेलबाट २१ अंक हात पारेको छ । तेस्रो स्थानमा रहेको टोटनह्यामले समान खेलबाट १७ अंक जोडेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *