काठमाडौँ, १७ असोज–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले परिवर्तनको रक्षा गर्ने र संविधान जोगाउने एजेण्डा लिएर आगामी चुनावका जाने बताएका छन् । विजया दशमीका अवसरमा भिडियो सन्देश जारी गर्दै पौडेलले संविधानको रक्षा गर्दै विकास र उन्नतीको अठोट लिएर चुनावी मैदानमा होमिने बताए ।

पौडेलले भिडियो सन्देशमा भनेका छन्, ‘व्यवस्थामाथि संकटको बादल मडारिरहेको अनुभूती भइरहेको छ । पहिलो एजेण्डा अझै पनि व्यवस्था जोगाउने र संविधान जोगाउने नै हो ।’ उनले नेपाललाई सुशासन दिएर नेपालको उन्नती प्रदान गर्नुको साटो देशलाई उल्टो बाटोमा लैजाने प्रवृत्तिले षड्यन्त्र कायम रहेको आफूलाई अनुभूती भइरहेको बताए। उनले देशलाई उल्टो बाटोमा लैजाने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी रहेको उल्लेख गरे ।

पौडेलले मुलुकलाई स्पष्ट दिशा र लक्ष्य अगाडि राखेर सत्तामा रहेका पाँच दलका बीचमा गठबन्धन भएको प्रष्ट्याएका छन् । पौडेलले भिडियो सन्देशमा भनेका छन्, ‘मुलुकको हितको लागि र समाजिक न्यायको लागि हामी डटिरहेका छौ । मुलुकलाई उन्नतीको मार्गमा लैजानका लागि हामीले गठबन्धन गरेका हौ ।’

उनले भनेका छन्, ‘प्रबुद्ध वर्गलाई अपिल गर्न चाहान्छु । अहिले नेपालको अवस्था के हो मुलुकलाई कुन प्रवृत्तिले मुलुकलाई पछाडि धकेल्ने खोजेको छन् । यी कुरालाई ध्यानमा राखेर व्यवस्थालाई कायम राखेर अगाडि बढ्नुको विकल्प छैन् । जनताले अधिकार पाएको संविधानको रक्षा गर्नु नै आजको विकल्प हो ।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *