काठमाडौँ, २१ असोज–नेकपा (एमाले) का नेता भीम रावलले चुनावका लागि उम्मेदवारको टिकट नपाउने सम्भावना देखिएको छ । अछामको निर्वाचन क्षेत्र नम्बर १ बाट भीम रावललाई टिकट नदिएर अध्यक्ष ओलीले झपट बोहरालाई टिकट दिएका छन् । एमालेले टिकट वितरणको जिम्मा अध्यक्ष ओलीलाई दिएको छ ।

१० औँ महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेकै कारण भीम रावलले टिकट नपाएको टिप्पणी शुरु भएको छ । अछाम जिल्ला कमिटीले रावलको नाम सर्वसम्मत सिफारिस गरेको थियो । अछाम–१ मा प्रतिनिधि सभामा झपट बोहोराले टिकट पाउँदा प्रदेश सभामा कृष्णप्रसाद जैशी र देवबहादुर कुँवरले टिकट पाएको एमाले स्रोतले जनाएको छ ।

ओलीको कार्यशैलीको विरोध गरे बापत भीम रावलले टिकट नपाउँदा त्यही समूहमा रहेका योगेश भट्टराईले भने ताप्लेजुङबाट चुनाव लड्ने पक्का भएको छ । भट्टराईले उम्मेदवारी दर्ताको लागि उपस्थित हुन जिल्ला कमिटीका सदस्यहरु तथा कार्यकर्तालाई निर्देशन पनि दिएका छन् ।

तत्कालीन नेकपाभित्र विवाद भएपछि अध्यक्ष ओलीबाहेकको पक्षमा लगेका नेताहरूलाई टिकट दिन अध्यक्ष ओलीले निकै अप्ठेरो मानिरहेको नेताहरूले बताएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *