दमक, २२ असोज–झापाको ५ वटा संघ र १० वटा प्रदेशसभाको सिट बाँडफाडमा सहमति जुटाएका छन् । सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि दलीय सहमति जुटाएका हुन् ।

जसअनुसार झापाको पाँच निर्वाचन क्षेत्रमध्ये चारवटा १, ३, ४ र ५ कांग्रेसले पाएको छ भने २ नं क्षेत्र माओवादीले हात पारेको छ । त्यस्तै जिल्लाका १० वटा प्रदेश क्षेत्रमध्ये पाँचवटा कांग्रेसलाई, चारवटा माओवादीलाई र एउटा एकीकृत समाजवादी पार्टीलाई मिलेको छ ।

कांग्रेसले पाएको क्षेत्र १ बाट पार्टी महामन्त्री विश्वप्रकाश शर्मा, २ बाट नेता कृष्ण प्रसाद सिटौला, ४ बाट पार्टी जिल्ला सभापति देउमान थेवे उम्मेदवार वन्ने भएका छन् भने ५ को उममेदवार को हुने भन्ने आजसम्म टुंगो लागिसक्ने कांग्रेसले जनाएको छ ।

त्यस क्षेत्रमा कांग्रेसले साविक तोपगाछीका पूर्व अध्यक्ष पदम पोडेललाई उम्मेदवार बनाउने संभावना छ । अघिल्लो स्थानीय तहको निर्वाचनपछि उनी एमाले परित्याग गरि कांग्रेसमा प्रवेश गरेका थिए । प्रदेशतर्फ कांग्रेसले उम्मेदवार अझै टुंग्याउन सकेको छैन् ।

यता, माओवादी केन्द्रले संघीय क्षेत्र नं २ बाट धर्मशिला चापागाई, क्षेत्र न १ को प्रदेश ख बाट श्यामबिर लिम्बू ‘सौभाग्य’, ३ को ख बाट पूर्णप्रसाद राजबंशी, ४ को क बाट झलकसिङ्ग दर्लामी मगर ‘सन्देश’ र ५ को ख बाट रेवत राज पुरी ‘गगन’ लाई उम्मेदवार बनाउने भएको छ । त्यसमध्ये दर्लामी प्रदेशका वहालवाल कृषि मन्त्री हुन् भने नेतृ चापागाई पूर्वमन्त्री हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले माओवादीलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो । बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *