चन्द्रडाँगी (शिबसताक्षी), २२ असोज–नेकपा (एमाले) झापा जिल्ला क्षेत्रीय कमिटी सदस्य तथा शिवसताशी नगरपालिका वडा न ८ का निवर्तमान वडा अध्यक्ष केहरसिंह बस्नेत नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नुभएको छ ।

नेता बस्नेतलाई एकीकृत समाजवादी बागमती प्रदेश कमिटी सदस्य तथा व्यवसायी कमल सापकोटा, पार्टी जिल्ला कमिटी झापाका उपसचिव तथा शिबसताक्षी नगर अध्यक्ष नबिन इजम, सचिव शान्तिराम न्यौपाने, उपसचिव ख्याम मैनाली, सोमनाथ गुरागाई, ज्ञान प्रसाद निङलेकु, समाजवादी किरात लिम्बू संघ केन्द्रीय सदस्य सन्तोष इजम, रमेश लावोती लगायतले स्वागत तथा सम्मान गरेका थिए ।

शिबसताक्षी नगर पार्टी कार्यालय चन्द्रडाँगीमा आयोजिति कार्यक्रममा एमाले क्षेत्रीय सदस्य तथा निवर्तमान वडा अध्यक्ष बस्नेतलाई एकीकृत समाजवादी पार्टीमा प्रवेश गराइएको नगर सचिव शान्तिराम न्यौपानेले जानकारी दिए । न्यौपानेले एमाले नेता तथा निवर्तमान वडा अध्यक्ष बस्नेतसंगै शिबसताक्षी–८ लगायत नगरका सयौंको संख्यामा एमाले नेता कार्यकर्ताहरु प्रवेश गराइएको जानकारी दिउ ।

भोजपुरमा जन्मिएका बस्नेत ०३८ मा झापा तत्कालिन सतासीधाम–५ हालको शिबसताक्षी–८ झिलझिलेमा बसाइ–सराईको शिलशिलामा आएका थिए । भोजपुरमै विद्यार्थी राजनीतिमा प्रवेश गरेका उनी अनेरास्वबियुमा सक्रिय थिए । उनी अघिल्लो पटक सम्पन्न स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा एमालेबाट सानदार मतसहित बिजयी बनेका थिए ।

बस्नेतले झिलझिले माध्यमिक विद्यालय, सतासीधाी सामुदायीक बन, सताक्षीधाम मन्दिर विकास समितिको नेतृत्व गरिसकेका छन् । बैदेशिक रोजगार सम्बन्धी व्यवसायमा लामो समयदेखि आबद्ध बस्नेतले एमालेभित्र रहेर काम गर्न नसक्ने भएपछि एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेको बताए । उनले नेपालमा कम्युनिष्ट पार्टीको अस्तित्व समाप्त हुने अवस्थामा पुगिसकेको चिन्ता ब्यक्त गरे ।

नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीलाई व्याक्तिबादी र अनुशासनह्रिन चरित्रको रुपमा प्रस्तुत गरिरहेको नेता बस्नेतले बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *