दमक, २३ असोज–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन परास्त गरि देशमा स्थिरता ल्याउन एमालेको जित आवश्यक भएको वताएका छन् ।

झापा ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उमेदवारी दर्ता पछि आज अपरान्ह दमकको गणतन्त्र चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै ओलीले आसन्न निर्वाचनमा आफनो जित सुनिश्चित रहेको दाबी पनि गरे । बिकास र समृद्धि ल्याउन एमाले मात्र देशको सक्षम पार्टी भएको उनको भनाई थियो ।

अध्यक्ष ओलीले २०७४ मा बनेको आफनो नेतृत्वको सरकार अराष्ट्रिय तत्वहरुले विघटन गराएर कम्फरटेवल सरकार बनाएको भनि गठबन्धन दलको आलोचना गरे । गठबन्धनको नाममा देशमा अराजक स्थिति पैदा भएको छ, यसको अन्त्यका लागि अव स्थिर सरकार वन्नुपर्ने उनको विचार थियो ।

अस्वस्थताको कारण देखाउँदै संक्षिप्त सम्बोधन गरेका उनले भने,-‘एमालेलाई भोट किन दिनुपर्ने भनेर भनिरहन पर्देन, जनताले थाहा पाईसकेका छन् ।’
अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्रमा रहेको निर्वाचन अधिकृत कार्यालयमा आफैं पुगेर आज दिउँसो उम्मेदवारी दर्ता गरेका थिए । आफ्नो उम्मेदवारी दर्ताका लागि अध्यक्ष ओली हिजो नै झापा आइपुगेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *