पर्वत, २३ असोज–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवारी दिएको ठाउँ गोरखा–२ मा बागी उम्मेदवारी परेको छ।

लोकतन्त्रमा एक राजनीतिक दलका कार्यकर्ताले अर्को राजनीतिक दलको चुनाव चिह्नमा मतदान गर्नैपर्ने बाध्यता हुन नहुने भन्दै गोरखाकै सिरानचोक गाउँपालिका घर भई हाल काठमाडौँमा रहेर नेपाली काँग्रेसको राजनीति गर्दै आएकी डा। माधवी भट्ट पराजुलीले मनोनयन दर्ता गरेकी हुन्।

आफूलाई जहाँबाट सजिलो लाग्छ त्यहीँबाट लडेर नेपाली काँग्रेसका कार्यकर्ताहरूको रूख चिह्नमा मतदान गर्ने चाहनालाई बेवास्ता गरेकाले आफूले काँग्रेसको लोकतान्त्रिक मर्मलाई जोगाउन उम्मेदवारी दिएको पराजुलीले बताइन्।

आफ्ना बुबा रोहिणी भट्ट काँग्रेस भएकै कारण १० वर्षसम्म भारतमा बसेर निर्वासित जीवन बिताएको तथा नेपालमा रहँदा पनि पटक पटक जेलमा परेको सुनाउँदै उनले आफ्नो बुबाले रूख चिह्नका लागि गरेको तपस्यामाथि अन्याय भएकाले आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।

प्रचण्डले अघिल्लो पटक चितवनबाट लडेर चितवनको काँग्रेसलाई बिगारेर अब पुनः गोरखाका काँग्रेसहरूलाई बिगार्नका लागि आएकाले आफूले प्रचण्डलाई नै लक्षित गरेर उम्मेदवारी दिएको बताइन्। प्रचण्डले गोरखाबाट उम्मेदवारी नदिएको भए आफूले पनि उम्मेदवारी नदिने बताउँदै डा। पराजुलीले प्रचण्डलाई पराजित गर्नका लागि अन्य स्वतन्त्र उम्मेदवार, एमाले वा अरू कुनै पनि दलसँग आफ्नो सहकार्य रहने बताइन्।

नेपाली काँग्रेसले कारबाही नै गर्ने भए पनि आफूले कारबाही सहेर काँग्रेसलाई बचाउने तर काँग्रेसमा प्रचण्डलाई गर्न नदिने उनको तर्क छ।
थाहाखबरसँगको कुराकानीमा उनले आफूले कुनै पनि अवस्थामा उम्मेदवारी फिर्ता नलिने बताएकी छिन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *