काठमाडौं, २४ असोज–बलात्कारको आरोप लागेका सन्दीप लामिछानेलाई ७ दिन म्याद थप गरिएको छ। जिल्ला अदालत काठमाडौंले उनलाई अनुसन्धान गर्न ७ दिनको म्याद थप गरेको उनका वकिल सरोज घिमिरेले जानकारी दिए।
लामिछानेलाई अब २७ गते पुनः अदालतमा पेस गरिनेछ। एक नाबालिकलाई होटलमा राखी बलात्कार गरेको आरोप लामिछानेमाथि लागेको छ।
