दमक, २४ असोज–लामो समय शिक्षण क्षेत्रको संस्थागत नेतृत्वगर्दै अध्यायपनमा कार्यरत झापा शिबसताक्षी–८ का कमल पौडेलले मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचनमा झापा क्षेत्र नंम्बर ५ बाट स्वतन्त्र उम्मेदवार दिनुभएको छ । शिक्षण क्षेत्रबाट हालै मात्र बिदा लिएर सामाजिक सेवामा सक्रिय युवा बुद्धिबीबि तथा शिक्षासेवी कमल पौडेलले आगामी निर्वाचनमा झापा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार दर्ता गराउनुभएको छ ।
तत्कालिन सतासीधाम गाविसको डुडामारी बजारदेखि नजिकै बुद्ध चौकमा भूपु सैनिक अंग्रेजी विद्यालय स्थापना गरेर धेरै युवा–युवतीहरुलाई रोजगार दिनुभएको छ भने सयौ–हजारौको संख्यामा विद्यार्थीहरुलाई शिक्षा दिएर देशको असल र सक्षम जनशक्ति उत्पादन गरिसक्नुभएको छ । शिक्षण क्षेत्रमा सक्रिय भएको समयमा पनि पौडेलले सामाजिक सेवा गरिरहनुभएको थियो ।
डुडामारी बजार ब्यवस्थापन, स्थानीय गाउँ घरमा युवाहरुलाई खेलकुदको माध्यमबाट सामाजिक कार्य र विकासमा ल्याउन, मठमन्दिर निर्माण, ट्राफिक संचेतना र सडकमा बढ्दो सवारी दुर्घटना नियन्त्रण लगायतका कार्यमा पौडेलले योगदान गरिसक्नुभएको छ ।
सरल, मृद्धभाषी, गम्भिर स्वभाव, तार्कित, अध्ययनशिल कमल पौडेलले निर्वाचनमा मतदाताहरुले अमूल्य मतदान गर्नेमा आशा र विश्वास व्यक्त गर्नुभयो । पौडेलले सञ्चालन गर्नुभएको तत्कालिन समयमा निजी विद्यालयहरुबीच निकै चर्चा कमाउन सफल भूपू सैनिक अंग्रेजी विद्यालय हो । सोही विद्यालयको अभिभावहक र विद्यार्थीहरुको माया र साथ–सहयोगले निर्वाचनमा स्वतन्त्र रुपमा उम्मेदवारी दिएको पौडेलले बताउनुभयो ।
खासगरी, हाम्रो राजनीति र राजनीति अवसरबाट नेताहरुले देशलाई भष्ट्रचारको भंगालोमा डुबाएको कारण अहिले स्वतन्त्र उम्मेदवारहरु बढ्दै गइरहेको हो, पौडेलले भन्नुभयो । देशलाई बचाउन र हाम्रो देश नेपाललाई श्रीलका जस्तोबाट हुनबाट बचाउन यसपटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई मतदान गर्न पौडेलले आग्रह गर्नुभयो ।
अनिलदेब राई/दमक
