वीरगञ्ज, २५ असोज–वीरगञ्जमा करेन्ट लागेर दुई मजदुरको ज्यान गएको छ । पर्साको धोबिनी गाँउपालिका–३ हरिहरपुरका ३० वर्षीय सैफुल्लाह अन्सारी र वीरगञ्ज महानगरपालिका–९ रानीघाटका ६० वर्षीय ध्रुब प्रसाद साहको करेन्ट लागेर मृत्यु भएको हो ।

वीरगञ्ज–२६ मा स्थानीय रामकिशोर प्रसाद कुर्मीको घरको दोस्रो तल्लाको छत प्लाष्टर गर्ने क्रममा छेउकै विद्युतको पोलको तारमा छोइएर करेन्ट लाग्दा अन्सारीको मृत्यु भएको हो ।

यस्तै वीरगञ्ज–८ बसपार्कस्थित स्थानीय सत्रुधन सर्राफको घरको छाना सरसफाइ गर्ने क्रममा करेन्ट लागेर साह गम्भीर घाइते भएका थिए । घाइते साहलाई उपचारका लागि आशाराम अस्पतालमा लग्दा चिकित्सकले मृत घोषणा गरेको पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *