दमक, २५ असोज–सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका पार्टीको गठबन्धनबाट झापा क्षेत्र नंम्बर ५ का साझा उम्मेदवारलाई बिजयी गराउन संयुक्त बैठकले विभिन्न समिति र उपसमितिहरु गठन गरिएको छ ।
दमकको बालुवाटारस्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा मंगलबार सम्पन्न संयुक्त बैठकले मंसिर ४ गते हुन लागिरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई बिजय गराउन निर्वाचन परिचालन मुल समिति लगायत उपसमितिहरु गठन गरिएको हो ।
नेकपा (एकीकृत समाजवादी) दमक नगर अध्यक्ष महेश घिमिरेका अनु्सार आज सम्पन्न बैठकले नेपाली कांग्रेस क्षेत्र नं ५ का सभापती ढुण्डीराज भण्डारीको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति गठन गरिएको हो । समितिको सह–संयोजकद्धयमा नेकपा (माओवादी केन्द्र) का नेता दुर्गा प्रसाद चौलागाई र तुलशी निरौला रहनुभएको छ ।
समितिको सदस्यहरुमा महेश घिमिरे, अनिलदेव राई, विरेन्द्र बस्नेत, हुकुमसिंह नेपाली, सन्तोष गौतम, रबि बस्नेत, कुमार खतिवडा, रविन गुरुङ्ग, कुल प्रसाद गिरी, भिम दाहाल, होमबहादुर बराल, नारायण राजवंशी, अग्नु राजवंशी, भुपाल कोइराला, सागर खनाल, बुद्धि न्यौपाने, प्रकाश प्रसाई, सुवास सुवेदी, खगेन्द्र बाह्कोटी, तोयानाथ सापकोटा, रोशन भण्डारी र ने.का. क्षेत्र गाउँ नगर पदाधिकारीहरु, जिल्ला सदस्यहरु र महाधिवेशन प्रतिनिधिहरु छन् ।
कांग्रेस नेत्री समेत रहनुभएकी प्रतिनिधिसभाका सदस्य महेन्द्रकुमारी लिम्बुको संयोजकत्वमा उच्च स्तरीय अनुगमन राजनैतिक समिति गठन गरिएको छ । सो समितिको सह–संयोजकद्धयमा दमक नगरपालिकाका पूर्व नगर प्रमुख तथा एकीकृत समाजवादीका केन्द्रीय सदस्य इन्द्रबहादुर बुढाथोकी र माओवादी केन्द्रका केन्द्रीय सदस्य नेता रञ्जित तामाङ रहनुभएको छ ।
त्यस्तैं, समितिको सदस्यहरुमा पूर्व सांसद विश्वदिप लिङदेन, कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, सुरेश सुब्बा, दिलबहादुर बुढाथोकी, शेरबहादुर भट्टराई, बीरबहादुर प्रसाई, पदम पौडेल, भुमि राई, प्रकाश कार्की, फुलवती राजवंशी, राजेन्द्र दाहाल, रमेश गुरागाई, सिताराम अधिकारी, नरेन्द्र साँवा, सुमित्रा वाङदेन चेली, शान्तिराम आचार्य, दिलिप राई, पर्शु सुवेदी, प्रताप सुब्बा, छविन्द्र बस्नेत, गणेशमान धिमाल रहनुभएको छ ।
त्यस्तैं, निर्वाचन परिचालन मुल समिति मार्फत उम्मेदवारहरुको घरदैलो र अभियानलाई संञ्चार माध्यमहरुबाट प्रकाशन र प्रसारण गर्न रामचन्द्र अधिकारीको संयोजकत्वमा प्रचार तथा सामाग्री व्यवस्थापन उप–समिति गठन गरिएको छ । सो समितिको सह–संयोजकद्धयमा पत्रकार बिमल लामिछाने र पत्रकार अनिलदेब राई रहनुभएको छ । सदस्यहरु डम्बर बोहोरा, सुर्य लिम्बु, दिपेश दाहाल, कमल ढुंगाना र राजु भट्टराई रहनुभएको छ ।
ढुण्डीराज भण्डारीको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा केन्द्र प्रसाई, दुर्गा चौलागाई (श्रीकान्त), हुकुमबहादुर नेपाली, रवि बस्नेत, प्रेम भट्टराई र शसि पौडेल रहनुभएको छ ।
डम्बर पुलामी कर्माको संयोजकत्वमा युवा÷विद्यार्थी परिचालन समिति गठन भएको छ । समितिको सह–संयोजकमा गोकुल श्रेष्ठ र रोशन भण्डारी रहनुभएको छ ।
दमक नगरपालिकाकी उपप्रमुख तथा कांग्रेस नेत्री रेगिना भट्टराईको संयोजकत्वमा महिला परिचालन समिति गठन भएको छ । समितिको सह–संयोजकमा माओवादी केन्द्रकी नेत्री राधिका ओझा र एकीकृत समाजवादीका नेत्री हरिमाया मैनाली (लामिछाने) रहनुभएको छ ।
सो समितिका सदस्यहरुमा गौरी राई, उर्मिला कार्की, दिपा गौतम, नौतली राजवंशी, चन्द्रकला भण्डारी र मेनुका राजवंशी रहनुभएको बैठकमा सहभागि एकीकृत समाजवादी दमक नगर अध्यक्ष महेश घिमिरेले जानकारी दिनुभएको छ ।
