दमक, २५ असोज–झापा क्षेत्र नंम्बर ४ मा नेपाली कांग्रेससहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतको पाँच दलिय गठबन्धनको बैठकले निर्वाचन परिचालन मुल समिति र अन्य उपसमितिहरु गठन गरिएको छ । कनकाइ नगरपालिकाको सुरुङ्गामा आज सम्पन्न पाँच दलिय गठबन्धनको बैठकले कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति तथा झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहाको संयोजकत्वमा ५ हजार १ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गरिएको हो ।
गठबन्धनबाट प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवार कांग्रेस झापाका सभापती समेत रहनुभएका देउमान थेबे, क्षेत्र नं ४।१ बाट प्रदेश सभा सदस्यतर्फ उम्मेदवार माओवादी केन्द्रका नेता समेत रहनुभएका प्रदेश १ का कृषि तथा पशुपन्छी मन्त्री झलकबहादुर मगर र क्षेत्र नं ४।२ बाट प्रदेश सभा सदस्यतर्फ उम्मेदवार कांग्रेस महाधिवेशन प्रतिनिधि एकराज उप्रेतीले निर्वाचन सम्बन्धी सञ्चालन गरिने र त्यसमाथी समिति र उपसमितिहरुले खेल्नुपर्ने भूमिकाका बारेमा आ–आफ्ना धाराणहरु राख्नुभएको थियो ।
सो अवसरमा प्रतिनिधिसभा सदस्यतर्फका उम्मेदवार थेबेले निर्वाचन लक्षित कार्यक्रम र योजनाहरुका बारेमा प्रकाश पार्नुभएको थियो । वहाँले बिगतको निर्वाचनमा भोगेका पाठबाट यसपटक सफलता प्राप्त गर्नतर्फ एकताबद्ध भएर जुटन सयुत्त गठबनधनका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो ।
नेका क्षेत्र न ४ का सभापति जय नारायण साहाको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा एकीकृत समाजबादी पार्टीका केन्द्रिय सल्लाहकार सदस्य तथा पुर्वसांसद नारायणसिह राजवशी, भिम राजवशी, भक्ती सिटौला, किरण भट्टराइ, उत्तम चम्लगाई, रुद्र बजगाई, महेन्द्र भट्टराई लगायतको उपस्थिती थियो ।
-अनिलदेब राई/दमक
