दमक, २५ असोज–मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा झापा क्षेत्र नंम्बर ५ (२) बाट प्रदेश सभा सदस्यमा दमकका युवा ब्यात्तित्व तथा बुद्धिजीबि छबि सिटौलाले लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रसमेत रहेको क्षेत्र नंम्बर ५ (२) मा सिटौलासंगै एमाले, राप्रपा, जसपा लगायत गठबन्धनबाट होमबहादुर थापा र कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत सत्तारुरुढ गठबनधनबाट रेवत (गगन) पुरीले उम्मेदवारी दिनुभएको छ ।
दमक–१० निवासी सिटौला पेशाले भौतिक विज्ञान विषयतर्फको अध्यापक हुनुहुन्छ । सामाजिक अभियान्ता तथा शैक्षिक व्याक्तित्व सिटौलाले दमकको पाणीनि माध्यमिक विद्यालयबाट एसएलसी उर्तिण गर्नुभएको हो । उच्च शिक्षा आर्जनको क्रममा सिटौला धरान, बिराटनगरका कलेजहुदैं पछिल्लो समय काठमाण्डौंमा अध्ययन पुरा गरेपछि पेशाको रुपमा अध्यापकसंगै सामाजिक क्षेत्रमा कार्यरत हुनुहुन्छ ।
निर्वाचन सम्बन्धी क्षेत्र नं ५ भित्र पर्ने दमकसहित कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरिगञ्ज गाउँपालिकाको सबै वडा र गाउँ–टोलमा पुगेर मतदाताहरुबीच बिचार र भावना आदनप्रदान गरिसक्नुभएका सिटौलाको उम्मेदवारी दर्ता भएसंगै राजनीतिक चर्चा बढेको छ । शालिन, भद्र, नम्र, हसिला, तार्कित क्षमतावान र अग्ला कद भएका सिटौलाको आर्कषक ब्याक्तित्वले मतदाताहरुको मन लोभ्याएको छ ।
उम्मेदवारी मनोनयनपछि सिटौलाको चर्चा ह्वातै बढेको छ । लामो समय सत्ता र शक्तिको स्वाद चाखिसकेका कांग्रेस, एमाले र माओवादीका मतदातहरु मंसिर ४ गतेको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई साथ, सहयोग र समर्थन गर्नेमा आशाबादी छु, सिटौलाले भन्नुभयो । पछिल्लो पटक सामाजिक सञ्जालमा सिटौलाको निम्ति मन र भोट माग्ने क्रम बढेको छ ।
निर्वाचन आयोगको तालिका अनुसार उम्मेदवारी मनोनयनपछि हाम्रोसरोकार खबरसंग कुराकानी गर्दै स्वतन्त्र उम्मेदवार सिटौलाले आफ्नो उम्मेदवारी कुनै दल र दलका नेताविरुद्ध नभएर राजनीतिक परिवर्तनका लागि भएको प्रष्ट पारे । सिटौलाले निर्वाचनमा क्षेत्रवासी मतदाताहरुबीच योजना र कार्यक्रमहरु सार्वजनिक गर्नुभयो ।
खासगरी, सिटौलाले आफ्नो निर्वाचन क्षेत्रभित्रका नदी तथा खोलाहरुमा स्थायी तटबन्धन गर्न नीतिगत रुपमा योजना बनाएर नागरिकहरु बाच्न पाउने अधिकारलाई सम्मान गर्दै खेतीयोग्य जमिनको सुरक्षा गरिनुपर्ने तर्क गर्नुभयो । दमकमा हाल ओझेलमा परेको दमक चक्रपथलाई यथासक्य चाँडो सम्पन्न गर्न पहलका साथ कार्यक्रम बनाइने धारणा राख्नुभयो ।
त्यस्तैं, कमल गाउँपालिकाको पाडाजुङ्गीस्थित शसस्त्र प्रहरी चौकको आदिवासी जनजाती रंगशालालाई प्रस्ताबित गुरुयोजना अनुसार नै चाँडो भन्दा चाँडो सम्पन्न गर्न आवश्यक भूमिका खेल्ने र दमक ३ दुम्सेस्थित मदन भण्डारी रंगशालालाई पनि प्रस्ताबित गुरुयोजना अनुसार नै चाँडो भन्दा चाँडो सम्पन्न गरिने बताउनुभयो ।
दमक भ्यूटावर नाममा निर्माणाधिन भौतिक संरचनालाई अत्याधुनिक हस्पिटलको रुपमा अघि बढाई बिशिष्टिकृत स्वास्थ्य उपचारको केन्द्रको रुपमा अगाडी बढाउन पहल हुने बताउनुभयो ।
यता, निकै बिबादित बनेको दमक औधोगिक कोरिडोरलाई पनि मुख्य प्राथमिकतामा सिटौलाले राख्नुभएको छ । दमक नगरपालिका र कमल गाउँपालिकाभित्र परेका जग्गा जमिनहरुको मुआब्जा तोक्दा असमानता भएकोले समान ढंगले मुआब्जा तोकि बितरण गर्ने मिलाउने र उक्त कोरिडोर यथासक्य सञ्चालन गर्न पहल गरिने बताउनुभयो ।
सिटौलाका अनुसार आफ्नो उम्मेदवारी कुनै दल र दलका नेताविरुद्ध नभएर राजनीतिक परिवर्तनका लागि हो । राजनीतिक दल र दलका नेताले सम्भावना बोकेका एजेण्डा जनतामाझ फालिसकेको सिटौलाले प्रष्ट पानुृभयो । सिटौलाले योजना र एजेण्डाहरु थोरै अनि काम बढी गर्नुपर्छ भनेर प्रदेश सभा सदस्यका लागि निर्वाचनमा उम्मेदवारी दिएको बताउनुभयो ।
बितेका तीन–चार महिना झापा ५ का मतदातासँगै बिताएँको स्मरण गर्नुहुदैं सिटौलाले दुर्गम गाउँका मतदाताहरु होस या सुगम क्षेत्रका होस, प्रायः मतदाताहरू राजनीति दल वा तिनका नेताको विकल्पको खोजीमा रहेको बताउनुभयो ।
