झिलझिले, २५ असोज–आसन्न मंसिर ४ मा हुने निर्बाचनमा झापा ४ (१) का स्वतन्त्र उमेद्धार शान्तिराम न्यौपानेले जाँतो चुनाब चिन्ह पाएका छन ।
आज निर्बाचन कार्यलय क्षेत्र नम्बर ४ झापाले उनलालाई चुनाब चिन्ह जाँतो दिएको हो । क्षेत्र नंम्बर ४ (२) का स्वातन्त्र उमेद्धार केहेरसिह बस्नेतलाई भने लाल्टिन चुनाब चिन्ह दिएको निर्बाचन कार्यलयले जनाएको छ ।
धरमपुर मंगलबारेका ब्यबसायी तथा समाजसेबी न्योपानेले देशमा युवाको नेतृत्वको आवश्यक रहेकोले आफुले उमेद्धारी दिएको बताएका छन । राजनितिक दलले युवाहरुलाई अवसर नदिने पाका नेताहरु मात्र सत्ता र माथिल्लो ओहोदामा पुग्ने प्रबृद्धिले गर्दा युवा जनशक्ति बिभिन्न राष्ट्रमा पलायन हुनुपर्ने बाद्यतालाई चिर्नको लागी पनि आफ्नो उमेद्धारी रहेको न्योपानेको भनाई छ ।
न्यौपानेका अनुसार यतीका बर्ष राजनितिक पाटीले नेपाली जनतालाई जाँतोले झै पिसि रहयो अबो आफ्नो चुनाब चिन्ह जाँतो नै भएकोले सबै मतदाताले जाँतो चुनाब चिनहमा मतदान गरि राजनिनिक दललाई पिसेर पाखा लगाउन आग्रह गरेका छन । यतिका बर्ष हरेक राजनितिक दलका उमेद्धार भनाउदाहरुले आफ्ना मतदाताको लागी काम गरेको हेरेको देखेकै छौ ।
नेताहरु चुनाब अघि दुई हात जोडदै लालीपप बाड्न आउछन अनि चुनाब जिते पछि फर्केर आउदैनन् त्यसैले सक्षम जुझारु युवालाई झापा ४ प्रदेश (१) मा जाँतो चुनाब चिन्हमा मतदान गरि बिजयी गराउन मतदातालाई आग्रह गरेका छन ।
