धरमपुर, २६ असोज–झापाको शिवसताक्षी–१ धरमपुरबाट प्रहरीले आज बिहान अवैध काठसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी–१ धरमपुर चोकका खगेन्द्रप्रसाद दाहालको घरमा अवैध रुपमा लुकाई छिपाई राखेको सखुवा जातको चिरान काठ करिब ७२ दशमलव ६३ क्यूविक फिट फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिनुभयो ।
बरामद काठसहित दाहाललाई पक्राउ गरी आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय झापा पठाइएको उहाँले बताउनुभयो ।
