अनिलदेब राई, २७ असोज–झापाको दमक–६ मा अवस्थित देबदर्शन कृषि सहकारी संस्थाको आज (बिहिबार) सातौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । दमकको पशुपती मन्दिरको सभा हलमा सम्पन्न बार्षिक साधारणसभामा आर्थिक बर्ष २०७८।०७९ को बार्षिक प्रतिवेदनसहित आगामी आर्थिक बर्ष २०७९।०८० को नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिनुका साथै लेखा परिक्षणको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
सोही अवसरमा देबदर्शन कृषि सहकारी संस्थाले आर्थिक बर्षभित्र उत्कृष्ट कारोबार गर्ने बचतकर्ता, ऋणी र बाल बचतकर्तालाई मान, सम्मान तथा पुरुस्कार वितरण गरिएको थियो ।
देबदर्शन कृषि सहकारी संस्थाकी अध्यक्ष संगिता बोहोरा भण्डारीको अध्यक्षतामा सातौं बार्षिक साधारणसभा सम्पन्न भएको हो । बार्षिक साधारणसभामा दमक–६ का वडा अध्यक्ष टेकबहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंक दमक शाखाकी प्रमुख मुना केसी, जिल्ला सहकारी संघ झापाका लेखा समिति संयोजक समेत रहनुभएका सूर्यमुखी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चुडामणी ओझा, दमक उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई, सहकारी संघ झापाको बरिष्ठ उपाध्यक्ष प्रेम कोइराला, सूर्यदर्शन सहकारी संस्थाका प्रमुख कार्याकारी अधिकृत अरुण भण्डारी, दमक नगरपालिकाका कार्यपालिका सदस्य समेत रहनुभएका दमकका औषधी ब्यवसायी गौतम गुप्ता लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
साधारणसभाको उद्घाटन समारोहमा देबदर्शन कृषि सहकारी संस्थाका अध्यक्ष संगिता बोहोरा भण्डारीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिइन् । त्यसैगरी, लेखा समितिका संयोजक जुनु कोइरालाले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
संस्थामा गत आर्थिक बर्षको अन्त्यसम्ममा कूल चुक्ता शेयर पुँजी रु २ करोड ४५ लाख ८ हजार रहेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । संस्थाले सोही अवधि सम्ममा २८ करोड ५० लाख ९३ हजार रुपैयाँ कर्जा लगानी गरेको पनि जनाइएको छ । अघिल्लो आर्थिक बर्षमा संस्थाले कर्जा सुरक्षण कोषमा ११ लाख ६० हजार रुपैयाँ राखेको छ ।
कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक राजकुमार खडकाले गरेका थिए भने स्वागत मन्तव्य सहकारी संस्थाका सञ्चालक इश्वर नेपालले राखेका थिए ।
