धरमपुर, ३१ असोज–झापाको शिबसताक्षी–१ धरमपुरस्थित हाम्रो हातेमालो कृषि सहकारी संस्थाको ११औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको अवसरमा संस्थाको आर्थिक बर्ष २०७८।०७९ मा वित्तिय कारोबार र कृषि गतिविधिमा उत्कृष्ट कार्यगर्ने सदस्यहरुलाई मान, सम्मान, कदर र पुरुस्कार वितरण गरिएको छ । त्यसैगरी, संस्थाको आर्थिक बर्षभित्र सम्पन्न गरेका नीति, तथा कार्यक्रम र आगामी बर्षम गर्ने योजनासहितको प्रतिवेदन अध्यक्ष ताराप्रसाद गौतमले साधारणसभाको उद्घाटन सत्रमा प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभाको उद्घाटन गर्नुहुदै शिबसताक्षी नगर प्रमुख रोशन थोप्राले कृषि सहकारी संस्थाहरु मार्फत नगरवासीलाई रोजगारको सृजना गर्दै बाझो जमिनमा उत्पादनमा बढाउनका लागि सिचाई, मल, विषादी र यान्त्रिक उपकरणको सहज बनाइनुपर्नेमा जोड दिनुभयो । वहाँले कृषकहरुको श्रम, शक्ति, सृजनालाई नगरपालिकाले कृषिमुखी रोजगार र् उत्पादन सम्बन्धी दीर्घकालिन योजनाहरु सञ्चालन गर्न र उनीहरुको आर्थिक अवस्था सुधार गर्न नगरपालिकाले नीतिगत कार्यक्रम निर्माण गरिन लागेको बताउनुभयो ।

त्यस्तै, कार्यक्रममा १ नम्बर प्रदेशका कृषि मन्त्रलयका सचिव मेघनाथ तिम्सिनाले अबका दिनमा कृषकले कृषि उत्पादनका साथै पोषण र वातावणमा ध्यान दिनुपर्ने बताउनुभयो । वहाँले अबको दिनमा उत्पादन बढाउन आवश्यक छ तर उत्पादन सगसंगै उत्पादित बस्तु पोषण युक्त हुन उत्तिकै आवश्यक रहेको बताउनुभयो । हाम्रा अग्रजहरुले गुणस्तर खाध्य बस्तु खाएकै कारणा निरोगी रहेका थिए तर आज उत्पादन बढाउने निउँमा प्रयोग गरिने विभिन्न रसायनिक मल तथा विषदीका कारण क्यान्सर जस्ता भयानक रोगबाट हामी पिडित भएका छौ भने अर्काेतर्फ रसायनिक मल तथा विषदीका कारणले हाम्रो वरीपरीको वातावरणलाई समेत असर पुर्याएको मन्त्रालयका सचिव तिम्सिनाले बताउन भयो ।

सचिव तिम्सिनाले कृषि उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ धान मकैको अभावका कारण कतिपय उद्योग बन्दहुने अवस्थामा पुगेकाछन् अबका दिनमा उत्पादनमा बृद्धि गर्ने बेला आएको बताउनुभएको छ । उत्पादन बृद्धिकालागी आवश्यक सहयोग गर्न प्रदेश सरकार जहिलै तयार रहेको समेत तिम्सिनाले बताउनुभयो ।

११औ वार्षिक साधारण सभासम्म आईपुग्दा सस्थाको कुल शेयर पुँजी १ करोड १६ लाख ६८ हजार रुपैया पुगेको छ । निक्षेप संकलन ८ करोड ६७ लाख ८० हजार २९८ रुपैया , कर्जालगानी तर्फ ४ करोड ३६ लाख ४९ हजार ९४० रुपैया रहेको छ भने सस्थाले २२ लाख ४२ हजार १७५ रुपैया खुद नाफा गर्न सफल भएको अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ । अहिलेको जस्तो विसंम परिस्थितीमा सस्थामा आवद्ध सदस्यलाई १० प्रतिशत लाभाशं वितरण गर्न सस्था सफल भएको छ ।

सस्थाका अध्यक्ष ताराप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न साधारण सभामा १ नम्बर प्रदेशका कृषि मन्त्रलयका सचिव मेघनाथ तिम्सिना र कृषि निर्देशनालयका निर्देशक कुमार डाँगीलाई सम्मान गरिएको थियो । सस्थाले सन्चालन गरेका विभिन्न कार्यक्रममा उत्कृष्ट एक दर्जन भन्दा बढी बचतकर्तालाई समेत सम्मान गरिएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *