दमक, ३१ असोज–दमकको विकास र परिवर्तनका लागि एउटा सारथी हुन्ः रेवतराज पुरी ‘गगन’ । गगन पुरीको नेतृ्त्वमा दमक लगायत आसपासको क्षेत्रमा दर्जनौं विकासका योजनाहरु आउन र त्यस योजनाहरु सफल भएका छन् ।

झापाली राजनीतिमा मात्रै होइन, पछिल्लो समयमा प्रदेश १ मा उनै गगन पुरीको चर्चा छ । यसपटक उनी मंसिर ४ गते सम्पन्न हुदै गरेको प्रदेश सभाको निर्वाचनमा गगन पुरी प्रदेशसभा सदस्यमा उम्मेदवारी बनेका छन् । झापा क्षेत्र नं ५ को (२) मा प्रदेशसभा सदस्यमा उनको उम्मेदवारीसंगै चर्चा बढेको हो ।

उनी, नेपाली कांग्रेस, नेकपा (माओबादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत पार्टीहरुको संयु्क्त गठबन्धनबाट प्रदेशसभा सदस्यका साझा उम्मेदवार हुन् । प्रभावशाली र विकासका नेतृत्व गर्न सक्ने क्षमता बोकेका नेताको रुपमा पुरीले आफ्नो परिचय देखाइसकेका छन् ।

नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटीका कोषाध्यक्ष गगन पुरीले प्रदेशसभा सदस्यमा बिजयी हुने निश्चित भएको बताएका छन् । पुरी दमकको ठूला योजना र दमक नगरीवासीको समस्याहरुमा अटुट सम्बन्ध राख्न सफल छन् । त्यसो त, दमकको खोला र नदीको सरसफाई, त्यसको सौन्र्दयकरणमा गगन पुरीले नेतृत्व उद्धाहरिर्णय र दर्शनीय छ । यी र यस्ता दर्जनौं योजनाहरुले दमकमा गगन पुरीको राजनीति चर्चा र उचाई बढेको छ ।

खासगरी, दमकमा युवाहरुबीचमा ताराको रुपमा उनको राजनीतिक योगदानलाई लिन सकिन्छ । सवै उमेर वा सवै जाति वा धर्मका मानिसहरुबीचमा उनको सम्बन्ध नजिकै छ । दमक–रवी–चिसापानी सडक निर्माण समितिको अध्यक्षको जिम्मेवारीले होस्, या त दमक बजारको सडक फराकिलो र दायाँबायाँ फूल र साना साना रुख विरुवाको रोपेर हरित नगर बनाउने अभियानमा उनको योगदान दमकवासीले बुझेका छन् ।

दमकको सामुदायीक विद्यालयमा शैक्षिक गुणस्तरको विकासमा समेत उनको योगदानले पनि प्रदेशसभा सदस्यमा उनको बिजय हुने निश्चित छ । दमकस्थित भुटानी शरणानार्थी शिविर बेलडाँगीबाट रतुवा नदीको पश्चिमतर्फको बगरको किनाराबाट पूर्वपश्चिम राजमार्गको पुलबाट दक्षिण बालुवाटारसम्मको क्षेत्रमा मनिङ वर्क र डेटिङ स्पट बनाउने अभियानमा लागिपरेका छन् । यो राम्रा कार्यले दमकको आन्तरिक पर्यटनमा समेत सहयोग गर्ने छ ।

आदिवासी जनजाती संघसंस्थाहरुको संस्थागत विकास र प्रवद्र्धनमा समेत गगन पुरीको सहभागिता र सक्रियता महत्वपूर्ण कोशेढुङ्गाको रुपमा हेर्न सकिन्छ । पुरीले दमक नजिकै हालः कमल गाउँपालिका (साविकः लखनपुर) वडा नं ५ पाडाजुङ्गीस्थित निर्माणधिन र अलपत्र अवस्थामा रहेको आदीवासी जनजाती रंगशाला तथाा स्मृती पार्कको पक्षमा वकालत गर्दै आएका छन् । दमकमा पनि जातिय संघसंस्था वा धार्मीक मठमन्दिरको बृद्धि विकासमा गगन पुरीले आफ्नो तर्फबाट भूमिका देखाइरहेका छन् ।

उनले दमकको सामाजिक संघसंस्थाको समन्वयकारी भूमिकामा युवाहरुलाई खेलकुद, पुस्तकालय, जेष्ठ नागरिक चौतारी, व्यवस्थित सवारी पाकिङ लगायतका कार्यहरुमा योजना बनाएर काम गर्न चाहेका छन् । गगन पुरीको नेतृत्वले दमक लगायत आसपसको क्षेत्रमा भएका विकाशे काम र जाँगरले नै यस पटकको प्रदेशसभाको निर्वाचनमा सानदार बिजय हुने आधार हो भनेर दावी गर्न सकिछ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *