दमक, १ कार्तिक–झापा क्षेत्र नं ५ मा नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार समेत रहनुभएका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली मंगलबार गृहजिल्ला झापा आइपुग्नु भएको छ ।

अध्यक्ष ओली निर्वाचन प्रचार-प्रसार अभियान तथा कार्यकर्ता भेटघाटका क्रममा झापा निर्वाचन क्षेत्र नं ५ दमकमा आउनु भएको हो । अध्यक्ष ओली निर्वाचन क्षेत्रमा आउनुभएको अवसर पारेर मंगलबार ४ बजे प्रेष चौतारी झापाले दमकमा पत्रकार सम्मेलनको आयोजना गरेको थियो । चौतारीले आयोजना गरेको ४ बजे आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा ओलीले सहभागिता जनाएनन् । ओलीको प्रतिक्षामा पत्रकारहरुले झण्डै २ घण्टा बिताएका थिए । सो क्रममा ओलीको आगमन नहुने भएपछि झापा क्षेत्र नं ५ (१) र (२) प्रदेशसभाका दुई उम्मेदवार हिक्मत कार्की र होमबहादुर थापाले आ–आफ्ना बिचारहरु राखेका थिए ।

अध्यक्ष ओली पत्रकार भेटघाट कार्यक्रममा सहभागिता हुन नसक्नुका बारेमा आयोजकले स्पष्ट पार्न चाहेनन् ।

सोही पत्रकार भेटघाटमा एमाले पोलिटव्युरो सदस्य एवं झापा निर्वाचन क्षेत्र नं ५ निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार अध्यक्ष ओली आज अपरान्ह साढे ४ बजे दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार भेटघाटमा सहभागी हुनुहुनेछ । त्यसपछि नेताहरुसँग निर्वाचनको तयारीका बारेमा छलफल गर्ने कार्यक्रम छ ।

भोली बिहान ११ बजे क्षेत्र नम्बर १ को धुलाबारीमा बृहत् कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ । यसैगरी दिउसो २ बजे दमकको रोयल पार्टी पार्टी प्यालेस क्षेत्र नम्बर ५ स्तरीय बृहत् कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा क्षेत्र नम्बर ५ भरीका कार्यकर्ताहरुको उपस्थिति रहनेछ ।

कात्तिक ३ गते जनतासँग भेटघाट कार्यक्रम आयोजना गरिएको छ । त्यसका लागि दमक ३ आमचोक र कलम गाउँपालिकाको केर्खामा जनतासँगको भेटघाट कार्यक्रम राखिएको दाहालले जानकारी दिनुभयो । अध्यक्ष ओली ३ गते दिउसो २स्५० बजे भद्रपुरबाट काठमाडौं फर्कने कार्यक्रम छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *