दमक, १ कार्तिक–आफैँले बोकेको पेस्तोलबाट गोली हानेर झापाको गौरादहमा आज साँझ पूर्व शसस्त्र प्रहरीका एक जवानले आत्महत्या गरेका छन् । गौरादह नगरपालिका वडा न ८ बैराती स्कुल अगाडी सोहि वडाका अन्दाजी ३५ बर्षिय बिरन साहले आंफैले गोली हानी आत्महत्या गरेका हुन् ।

मृतकले आफ्नै घरको आँगन बाहिर भतिज हेमराज साह माथि गोली प्रहार गरि घर नजिकको पैनीसंगै रहेको बाँस झ्याङमा पुगेर आफैंलाई कन्चटमा गोली हानी आत्महत्या गरेको वार्ड न ८ का वडाअध्यक्ष गणेश राजवंशीले बताए ।

ढाँडमा गोली लागेका अन्दाजी १३ बर्षिय घाइते हेमराजलाई थप उपचारका लागि विर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको र उनको अवस्था खतरामुक्त रहेको उनका काका बिष्णु साहले बताए ।

मृतकको साथबाट ११ राउण्ड गोली समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख विश्वमणी पोखरेलले जानकारी दिए । घटनाको प्रारम्भिक विवरण अनुसार आर्थिक लेनदेनका कारण उक्त घटना भएको खुल्न आएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *