झिलझिले, १ कात्तिक–नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितको संयुक्त गठबन्धन तर्फबाट क्षेत्र नं ४ का प्रतिनिधिसभाका प्रत्यासी उम्मेद्वार तथा कांग्रेस झापाका सभापती देउकुमार थेबे र प्रदेससभा (१) का प्रत्यासी उम्मेद्वार तथा माओवादी केन्द्रका नेता झलकसिंह दर्लामीले शिवसतासी– ४ र ५ (पाँचगाछी) मा घरदैलो तथा कोणसभा कार्यक्रम सम्पन्न गरेका छन् ।
घरदैलो तथा कोणसभा कार्यक्रम जनता बजार, स्याल्मारा, पाँचगाची, रङ्गेथान, बिश्वडुब्बा, भेलामुनी, बुलुचोक लगायत क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा समानुपातिकतर्फ प्रदेससभा सदस्यका प्रत्यासी उम्मेद्वार लख्खीदेवी गणेसको पनि उपस्थिति रहेको थियो ।
सो क्रममा गरिएको कोणसभामा नेपाली कांग्रेस झापाका पूर्व सचिव भक्ति सिटौला, पर्शुराम ढुंगाना, जयनारायण साह, रोहित साह, बिनोद ढकाल, असोक बस्नेत, पदम थापा लगायतको सहभागितामा रहेको थियो ।
घरदैलो एवम् विभिन्न स्थानमा आयोजित कोणसभामा कार्यक्रममा बोल्दै प्रत्यासी उम्मेद्वार थेबेले क्षेत्र नं–४ का आवश्यकता र विकास निर्माणका विषय समेटिएको घोषणापत्र यसअघि नै तयार पारिएको बताउँदै बिकासको मूल आफूहरुले मात्र फुटाउन सक्ने दाबी गर्नुभयो । निर्वाचनमा झुटा आश्वासन बाँड्नेलाई भन्दा कम बोलेर काम बढी गर्नेलाई मतदान गर्न आह्वान गर्दै नेता थेवेले यस क्षेत्रमा आफू सधै जनताको सुखदुःखमा साथमा रहेको बताउनुभयो ।
किसान, मजदुर, विभिन्न पेशाकर्मीहरुको समस्या के हो भन्ने विषयमा आफू जानकार रहेको बताउँदै उहाँले तमाम समस्याहरुलाई समाधान गर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै झापा क्षेत्र नं–४ प्रदेश (१) का प्रत्यासी उम्मेद्वार झलकसिह दर्लामीले सुकुम्बासी समस्या समाधान आयोगमा बसेर राज्यकोषको सुबिधा दुरुपयोग गर्ने उमेदवारहरु अहिले जनता झुक्याउदै आएको बताउँदै चनाखो भएर मतदान गर्न आग्रह गर्नुभयो ।
