बिर्तामोड, १ कात्तिक–दिपावलीको अवसरमा मेची महाकाली बुहारी संयुक्त आवाज झापाले सुस्तमनस्थिति सरोकार समाज कनकाइमा आश्रित बालबालिकालाई खाद्यान्न सहयोग गरेको छ ।

बुहारी संयुक्त आवाजका झापा जिल्ला अध्यक्ष शिखा खड्का गणेशको नेतृत्वमा गएको टोलीले चामल, दाल तेल, नून, चिनी, आलु, सोयाविन, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामग्री र भाडा धुने, नुहाउने साबुन गरी १५ हजार मूल्य बराबरको सामग्री सहयोग गरेको हो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष गंगा भट्टराई, सचिव कविता थापा, सहसचिव अम्बिका गिरी, कोषाध्यक्ष परु सुवेदी लगायत सदस्य र आजीवन सदस्यहरुको सहभागिता रहेको थियो ।

पूर्ण अपाङ्ग, आंशिक अपाङ्ग एवम् सुस्त मनस्थिति भएकासहित गरी सुस्त मनस्थिति सरोकार समाज कनकाईमा १६ जना बालबालिका आश्रित रहेका छन् । समाजले मेची–महाकाली बुहारी संयुक्त आवाजको सहयोगप्रति आभार ब्यक्त गरेको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *