कपिलवस्तु, २ कात्तिक–नेकपाको नवौं महाधिवेशनबाट महासचिवमा पुनः नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् ।
कपिलवस्तुमा असोज २५ गतेदेखि आयोजित महाधिवेशनले विप्लवलाई पुनः महासचिवमा चयन गरेको हो ।
महाधिवेशनले ८१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । महाधिवेशनले ४५ सदस्य वैकल्पिक केन्द्रीय सदस्य चयन गरेको बताइएको छ ।
