दमक, २ कार्तिक–यहि मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नं ५ (२) बाट पदेशसभा सदस्यमा उम्मेदवारी दिएका छबि सिटौलाले यसपटक युवालाई नेतृत्वमा पुर्याउन ‘लौरी’ चुनाव चिन्हमा मतदान गरेर असल र सक्षम उम्मेदवारलाई बिजय गराउन आग्रह गर्नुभएको छ ।
प्रदेशसभा सदस्यका उम्मेदवार सिटौलाले हाम्रो समाज र देश निर्माण गर्नका लागि झापा क्षेत्र नं ५ (२) प्रदेश निर्वाचन क्षेत्र दमक र कमल लगायत देशभरी ‘लौरो’ चुनाव चिन्हमा मतदान गरेर बिजय गराउन आग्रह गर्नुभएको छ ।
विज्ञान, वातबरण र समाजशास्त्रका विद्यार्थी, अध्यापक र सामाजिक अभियान्ता समेत रहेका उम्मेदवार सिटौलाले आफू समग्र युवाहरुको अभिमतका लागि उम्मेदवारी दिएको बताउनुभएको छ । अघिल्लो पुस्ताका बुढापाका नेताहरुले समाज र देशलाई परिवर्तन गर्न नसक्ने भन्दै उम्मेदवार सिटौलाले अवको दिनमा देशलाई विकास र समृद्धिमा अगाडी बढाउन युवालाई जिताउनु पर्नेमा जोड दिनुभयो । युवाले नेतृत्व नगरेसम्म परिवर्तन संभव नभएको उनको ठहर छ ।
उम्मेदवार सिटौलाले आफ्नो यस पटकको निर्वाचनमा प्रतिस्पर्धालाई युवा नेतृत्वमा जोड दिनुभएको छ । दशकौ दशकदेखि गाउँ र दुर्गम क्षेत्रका मतदाताहरुलाई ठूला राजनीतिक दलका नेताहरुले नियन्त्रणमा राखिरहेको सिटौलो बताउनुहुन्छ । वहाँले यस पटक राजनीतिक दलबाट मतदाताहरु माथि उठेर स्वतन्त्र उम्मेदवारलाई बिजय गराउन हिक्मत गर्नुपर्नेमा जोड दिनुभयो । परिवर्तनका पक्षमा मतदाताहरु प्रस्तुत हुन समेत उम्मेदवार सिटौलाले आग्रह गर्नुभयो ।
सिटौलाले एमाले–काग्रेस, माओवादी, एकीकृत समाजवादीसंग निर्वाचनमा प्रतिस्पर्धा गर्न भन्दा बढी असल युवा उम्मेदवारहरुलाई बिजय गराउन मतदाताहरुलाई आग्रह गर्नुभएको छ । वहाँले म सक्षम भनेर परिचय गराइरहनु भ्नदा पनि प्रदेशसभा निर्वाचन अन्तगर्त उम्मेदवारलाई बिजय गराउन अपिल समेत गर्नुभएको छ ।
अन्य राजनीतिक दलहरुले जस्तो चुनवाी प्रचार–प्रसार लगायत उम्मेदवार परिचय र घरदैलो अभियानहरु खर्चालु र सहयोगीहरु लिएर हिड्न नहुने सिटौलाले प्रष्ट पार्नुभयो । सिमित सहयोगी वा कहिलेकाही त उम्मेदवार ए्क्लै निर्वाचन क्षेत्रमा मतदाताहरुको घर–घर पुगेर मत (भोट) मागिरहनु भएको छ ।
सिटौलासहित झापा ५ (२) प्रदेशसभा सदस्यका उम्मेदवारहरुमा नेकपा (एमाले) र राप्रपाबाट साझा उम्मेदवार होम थापा, नेपाली कांग्रेसहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत दलबाट साझा उम्मेदवार रेवतराज (गगन) पुरी मैदानमा आइसक्नुभएको छ ।
प्रदेशसभा सदस्यका उम्मेदवार पुरी र थापा भन्दा सिटौला अब्बल हुनुहु्नछ । राजनीतिक र सामाजिक क्षेत्रमा बिबादरहित हुनुहु्न्छ । बौद्धिक ब्याक्तित्व हुनु्हु्न्छ ।
