दमक, ३ कार्तिक–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन दमक–७ को अध्यक्षमा नितेष लिम्बू चयन भएका छन् ।
दशैं, शुभ दिपावली, नेपाल सम्वत, छठ पर्वको शुभकामना आदान–प्रदान कार्यक्रमको अवसर पारेर बिहिबार दमक—७ मा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन गठन भएको हो ।
राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका केन्द्रीय सदस्य तथा दमकका युवा उद्यमी बिक्रम सुब्बाका अनुसार शुभकामना आदान–प्रदान कार्यक्रममा राप्रपा प्रदेश १ का अध्यक्ष एबम् दमक नगर प्रमुख राम थापाको उपस्थिति रहेको थियो । राप्रपा दमक नगर समितिले दमक–७ मा अवस्थित पौडेल प्रतिष्ठानमा कार्यक्रम आयोजना गरेको थियो ।
सो अवसरमा सहभागि अतिथिहरुले नवगठित राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनका अध्यक्ष लगायत समितिका पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।
