दमक, ४ कार्तिक–निर्वाचनको प्रचार–प्रसारमा सक्रिय देखाइरहेका राजनीतिक पार्टी र सो पार्टीका उम्मेदवारहरुप्रती मतदाताहरुले खासै साथ–सहयोग जनाइरहेको पाइन्न् । दल वा पार्टीहरुप्रती मतदाताहरु असु्न्टुष्ट छन् । उनीहरु निराशा छन् ।

यस्तो अवस्थाबीच झापाको क्षेत्र नं ५ (२) प्रदेशसभा सदस्यका उम्मेदवार बनेका छन्ः छबि सिटौला । लौरो चुनवा चिन्ह लिएर सिटौला यतिवेला मतदाताहरुको घरदैलो अभियानमा छन् ।

मान्छे परिवर्तन नभई सोच परिवर्तन हुदैन, अनि सोच परिवर्तन नभई समाज परिवर्तन हुदैन भन्ने उद्घोषसहित प्रदेशसभा सदस्यका उम्मेदवार सिटौला निर्वाचन क्षेत्रमा जुटिरहेका छन् । देशभरी लौरो अभियानले राजनीतिक दल र तिनका उम्मेदवारलाई थर्कमान गराइरहेको समयमा झापा ५ (२) मा सिटौलाको उम्मेदवारीले निकै ठूलो चर्चा थपेको छ ।

खासगरी, यतिवेला झापा ५ (२) प्रदेशसभा सदस्यमा सक्तारुढ गठबन्धन पार्टीहरुको तर्फबाट नेकपा (माओवादी केन्द्र) का नेता रेवतराज पुरी (गगन) र विपक्षी पार्टी नेकपा (एमाले) र राप्रपाको तर्फबाट एमाले नेता होमबहादुर थापा उम्मेदवार छन् । दुबै उम्मेदवारप्रती दमक र निर्वाचन क्षेत्रका मतदाताहरुले रुची देखाएका छैनन् । उम्मेदवार पुरी र थापाको तुलनामा लौरो अभियानका उम्मेदवार सिटौलाको चर्चा बढ्नु स्वाभिक नै हो ।

सिटौला भौतिक विज्ञान बिषयका अध्यापक हुन् । उनी शैक्षिक क्षेत्रको सुधार र विभिन्न संघसंस्थाहरुमा रहेर सामाजिक काम गर्ने अभियान्ता समेत हुन् ।

काठमाण्डौंमा अध्यायन र रोजगारसंगै लामो समयको बसाईप्छि सिटौला आफ्नो घर र गाँमा आएका हुन् । दमक–१० का सिटौलाले लौरो अभियान लिएर निर्वाचनमा केन्द्रीत हुन तिन महिना अघिदेखि झापा दमक आएका थिए ।

निर्वाचन प्रचार प्रसारको क्रममा मतदाताहरुबीच लौरो लिएर घरदैलो अभियानमा सक्रिय जनाइरहेको उम्मेदवार सिटौलाले आफ्नो चुनवाी एजेण्डाहरु पनि सार्वजनिक गरेका छन् ।

उम्मेदवार सिटौलाले आफ्नो उम्मेदवारी कुनै दल र दलका नेताविरुद्ध नभएर राजनीतिक परिवर्तनका लागि भएको प्रष्ट पारेका छन् ।

खासगरी, सिटौलाले आफ्नो निर्वाचन क्षेत्रभित्रका नदी तथा खोलाहरुमा स्थायी तटबन्धन गर्न नीतिगत रुपमा योजना बनाएर नागरिकहरु बाच्न पाउने अधिकारलाई सम्मान गर्दै खेतीयोग्य जमिनको सुरक्षा गरिनुपर्ने तर्क गर्नुभयो । दमकमा हाल ओझेलमा परेको दमक चक्रपथलाई यथासक्य चाँडो सम्पन्न गर्न पहलका साथ कार्यक्रम बनाइने धारणा राख्नुभयो ।

त्यस्तैं, कमल गाउँपालिकाको पाडाजुङ्गीस्थित शसस्त्र प्रहरी चौकको आदिवासी जनजाती रंगशालालाई प्रस्ताबित गुरुयोजना अनुसार नै चाँडो भन्दा चाँडो सम्पन्न गर्न आवश्यक भूमिका खेल्ने र दमक ३ दुम्सेस्थित मदन भण्डारी रंगशालालाई पनि प्रस्ताबित गुरुयोजना अनुसार नै चाँडो भन्दा चाँडो सम्पन्न गरिने बताउनुभयो ।

दमक भ्यूटावर नाममा निर्माणाधिन भौतिक संरचनालाई अत्याधुनिक हस्पिटलको रुपमा अघि बढाई बिशिष्टिकृत स्वास्थ्य उपचारको केन्द्रको रुपमा अगाडी बढाउन पहल हुने बताउनुभयो ।

यता, निकै बिबादित बनेको दमक औधोगिक कोरिडोरलाई पनि मुख्य प्राथमिकतामा सिटौलाले राख्नुभएको छ । दमक नगरपालिका र कमल गाउँपालिकाभित्र परेका जग्गा जमिनहरुको मुआब्जा तोक्दा असमानता भएकोले समान ढंगले मुआब्जा तोकि बितरण गर्ने मिलाउने र उक्त कोरिडोर यथासक्य सञ्चालन गर्न पहल गरिने बताउनुभयो ।

सिटौलाका अनुसार आफ्नो उम्मेदवारी कुनै दल र दलका नेताविरुद्ध नभएर राजनीतिक परिवर्तनका लागि हो । राजनीतिक दल र दलका नेताले सम्भावना बोकेका एजेण्डा जनतामाझ फालिसकेको सिटौलाले प्रष्ट पानुृभयो । सिटौलाले योजना र एजेण्डाहरु थोरै अनि काम बढी गर्नुपर्छ भनेर प्रदेश सभा सदस्यका लागि निर्वाचनमा उम्मेदवारी दिएको बताउनुभयो ।

बितेका तीन–चार महिना झापा ५ का मतदातासँगै बिताएँको स्मरण गर्नुहुदैं सिटौलाले दुर्गम गाउँका मतदाताहरु होस या सुगम क्षेत्रका होस, प्रायः मतदाताहरू राजनीति दल वा तिनका नेताको विकल्पको खोजीमा रहेको बताउनुभयो । शालिन, भद्र, नम्र, हसिला, तार्कित क्षमतावान र अग्ला कद भएका सिटौलाको आर्कषक ब्याक्तित्वले मतदाताहरूको मन लोभ्याएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *