दमक, ४ कार्तिक–दुबै मृगौलामा समस्या भएपछि हाल बिराटनगरको एक अस्पतालमा नियमित डाइलोसिस् गराउदै आएका झापा शिबसताक्षी–६ शिबगञ्ज हल्दिबारीका बिर्जहाङ्ग केरुङको उपचारमा नाइन स्ट्रार युवा क्लबले रु ३३ हजार ८ सय ७० सहयोग हस्तान्त्रण गरेको छ ।
आर्थिक अवस्था कमजोर केरुङ परिवारलाई हप्तामा दुई पटक बिराटनगरस्थित अस्पतालमा डाइलोसिस् गराउन कठिनाई भएको छ । पछिल्लो समय आर्थिक अभावकाबीच बिर्जहाङ केरुङको उपचार र डाइलोसिस् हुदैगरेको थाहा भएपछि शिबसताक्षी–२ र ३ धरमपुरस्थित नाइन स्ट्रार क्लबले सो सहयोग जुटाएको हो ।
उक्त सहयोग रुपैया मृगौला पीडित बिर्जहाङ केरुङको घरैमा पुगेर क्लबका अध्यक्ष मानबहादु थापा र सचिव गणेश खड्काले हस्तान्त्रण गरेका हुन् । सहयोग हस्तान्त्रण कार्यक्रममा मृगौला पीडित बिर्जहाङका बुबा राजकुमार केरुङ, उनका दाजु शिबगञ्जका सामाजिक व्याक्तित्व धनकुमार केरुङ, स्थानीय बुद्धिजीबि सञ्जय राई लगायत क्लबका सदस्यहरुको उपस्थिति रहेको थियो ।
शिबगञ्जस्थित हल्दिबारीमा अवस्थित किरात हाङसाम माङहिम (मन्दिर) मा माङसेवा (पुजारी) को रुपमा कार्यरत राजकुमार केरुङका छोरा २१ वर्षिय बिर्जहाङलाई गत साउनदेखि मृगौलामा समस्या भएको थियो ।
दमकस्थित बहुमुखी क्याम्पसमा अध्ययनरत बिर्जहाङलाई साउनदेखि स्वास्थ्यमा समस्या भएको बुबा राजकुमारले बताए । बिर्जहाङको उपचारको निम्ति स्थानीय युवाहरुको सक्रियतामा सहयोग संकलन अभियान सञ्चालन गरिरहेका छन् । बिर्जहाङलाई मृगौला प्रत्यारोपणका लागी उनका दिदी बुद्धमाया केरुङले मृगौला प्रदान गर्ने कानूनी प्रकृयादेखि क्रसम्याचका कार्यहरु पुरा भएको छ ।
खातावालाको नाम: बिर्जहाङ्ग केरुङ (बिरामी)
खाता नम्बर-२१७०१००००४८७५०१०
राष्ट्रिय बाणिज्य बैँक शिवगञ्ज शाखा झापा
बिरामी सम्पर्क-९८१५९३५९२२
