धरमपुर, ४ कार्तिक–निर्वाचनको प्रचारप्रसार र घरदैलो कार्यक्रमको शिलशिलामा शुक्रबार झापाको शिबसताक्षी–३ धरमपुरस्थित जनज्योती चौकमा पुग्नुभएका नेकपा (एमाले) को तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार लालप्रसाद लिम्बु (एलपी साँवा) लाई स्थानीयले बिजयको शुभकामना दिएका छन् । पुराना बामपन्थी गाउँ भनेर परिचित सो गाउँका स्थानीयले बिगतमा एमालेलाई मतदान गरेको र यसपटक पनि एमालेलाई नै मतदान गर्ने भनेर प्रतिवद्धता जनाएका छन् ।
तत्कालिन धरमपुर–४ का पूर्वजनप्रतिनिधि तथा एमालेका पुराना नेता मोहनप्रकाश राईले स्थानीय समस्याका बारेमा एलपी साँवा र प्रदेशसभा सदस्यका उम्मेदवार राधाकृष्ण खनाललाई जानकारी गराएका थिए । राईले बलेनी खोलामा भएको पुलको संरक्षण गरिनुपर्ने या व्यवस्थित खालको नयाँ पुल निर्माण गरिनुपर्ने उम्मेदवारहरुलाई सुझाव राखेका थिए ।
त्यसैगरी, राईले मंगलबारेबाट शिबगञ्ज जोडने सडकलाई अझ थप मर्मत र व्यवस्थित गर्न माग गरेका थिए । जनज्योती चौकहुदै दिङलाधाप जोडने ढाँधर खोल्सीमा कल्र्भट वा पक्की पु्लको आवश्यक भएको पनि राईले सो क्रममा जानकारी गराएका थिए ।
निर्माणमा हाल विघठित संसदको सदस्यको रुपमा यसअघिको निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट लालप्रसाद लिम्बु (एलपी साँवा) झापा क्षेत्र नं ४ बाट बिजय भएका थिए । विकासको कार्य र योजना निर्माणमा आफ्नो निर्वाचन क्षेत्रमा लोकप्रिय छबि बनाएका एलपीलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा एमालेले राप्रपासहितको साझा उम्मेदवार बनाएको छ ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसंगको निकट सम्बन्धले संसद भवनदेखि पार्टी केन्द्र, प्रदेश र जिल्ला तहमा एलपीको चर्चा हुने गरेको छ । भौगलिक दृष्ट्रिकोणले निकै ठूलो र दुर्गमको रुपमा रहेको झापा क्षेत्र नं ४ मा कननकाई, बिरिङ, कमल–बनियानी नदीहरुले वर्षेनी कटान र डुवान गर्दै आइरहेको र सो क्षेत्रको समस्यालाई संसद भवनमा एलपी साँवाले उठाइरहेका छन् ।
आजै, प्रतिनिधिसभा सदस्यका उम्मेदवार साँवासहित प्रदेशसभा सदस्यका उम्मेदवार खनालले शिबसताक्षी–३ को पाराबारी बजार, दिङलाधाप, भर्लिचन, कमलधाप, भोटेपुल, जन्तरे चौक लगायतका एक दर्जन गाउँका मतदाताहरुको घरदैलो र स्थानीयसंग अन्तरक्रिया गरेका छन् ।
