धरमपुर, ५ कार्तिक–सौजन्य बचत तथा ऋण सहकारी संस्थाको दोस्रो बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । शिबसताक्षी–२ मंगलबारे बजारमा सञ्चालित सौजन्य बचत तथा ऋण सहकारी संस्थाको दोस्रो बार्षिक साधारणसभाको अवसर पारेर खुत्रुके अन्र्तगत बाल बचततर्फ उत्कृष्ट दुई जनालाई पुरस्कृत गरिनुका साथै सञ्चालक समितिद्धारा तयार पारिएको अध्यक्षले प्रस्तुत गरिएका बार्षिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिद्धारा तयार पारिएको लेखा प्रतिवेदन पारित गरिएको छ ।
सहकारी संस्थाको अध्यक्ष मकरध्जोज नेम्बाङको अध्यक्षतामा र शिबसताक्षी नगरपालिका २ नं वार्ड अध्यक्ष भीम नेम्बाङको प्रमुख आतिथ्यतामा दोस्रो बार्षिक साधारणसभा सम्पन्न भएको हो । मंगलबारे बजारस्थित वार्ड कार्यालयको हलमा आयोजित साधारण सभामा आर्थिक बर्ष २०७८।०७९ सालको प्रगती तथा आगामी कार्यक्रमसहितको प्रतिवेदन अध्यक्ष नेम्बाङले प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी, संस्थाको बित्तिय कारोबारलाई समेटेर तयार पारिएको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन समितिका संयोजक राजु लिम्बुले प्रस्तुत गर्नुभएको थियो । दुबै प्रतिवेदन बार्षिक साधारणसभाको बन्द सत्रमा सर्वसम्मत पारित गरिएको थियो ।
सो अवसरमा खुत्रुके अन्र्तगत बाल बचततर्फ मिरिका मगर र संयम दाहाललाई पुरस्कृत गरिएको थियो । उनीहरुलाई संस्थाको तर्फबाट खादा ओढाएर प्रशेषापत्र प्रदान गरिएको थियो ।
बार्षिक साधारणसभाको उद्घाटन सत्रमा सहकारी संस्थाका उपाध्यक्ष कृष्ण कुमार तामाङले शब्दद्धारा स्वागत गर्नुभएको थियो । कार्यक्रममा मंगलबारे बजारस्थित साना किसान कृर्षि सहकारी संस्थाका अध्यक्ष शंम्सेर बस्नेत, माता नवदुर्गा कृर्षि सहकारी संस्थाका अध्यक्ष मछिन्द्र सम्बाहाम्फे, शुभ मंगल महिला कृषि सहकारी संस्थाका प्रतिनिधि गीता बराइलीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा स्वतन्त्र बहुदे्श्यीय सहकारी संस्थाका व्यवस्थापक राजेन्द्र ढुंगाना, सौजन्य बचत तथा ऋण सहकारी संस्थाका लेखा समितिका संयोजक राजु लिम्बू, शिबसताक्षी–२ का वार्ड सदस्य तथा सौजन्य बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति सदस्य सञ्जु कुलुङ राई लगायतको उपस्थिति रहेको थियो ।
०७७ सालमा स्थापना भएको सहकारी संस्थामा हाल २ सय ११ जना शेयर सदस्यहरु छन् । रु ४० लाख ८३ हजार १ सयबाट संस्था सञ्चालन गरिएको अध्यक्ष नेम्बाङले जानकारी दिनुभयो ।
शेयर पुँजीलाई आर्थिक बर्ष २०७९।०८० मा रु ८० लाख बनाइने भएको छ । त्यसैगरी, बचततर्फ २०७९ को असार मसान्तसम्म रु ८२, ९२,०८४ रहेको छ भने आर्थिक बर्ष २०७९।०८० को असार मसान्तसम्म बाँकी रु ६७,०७,९१६ बृद्धि गरि जम्मा मौजाद बचत रु १,५०,००,००० रहने प्रतिवेदनमा छ ।
संस्थाका शेयर सदस्यहरुलाई दुर्घटना बीमा बापत ५० किता माथि खरिद गर्ने सदस्यलाई रु १ लाखको दुर्घटना बीमा गरिने भएको छ । शेयर सदस्यको मृ्त्यू भएमा रु १० हजार नगद उपलब्ध गराउने भएको छ । स्वास्थ्य उपचार कोषलाई सञ्चालनका लागि सरकारी अस्पतालबाट स्वीकृत डकुमेन्टको आधारमा शेयर सदस्यलाई रु ५० हजार निशुल्क उपलब्ध गराउने संस्थाले योजना बनाएको छ ।
दोस्रो बार्षिक साधारणसभाको सञ्चालन संस्थाका सचिव पुष्कर दाहालले गर्नुभएको थियो ।
