दमक, ६ कार्तिक–नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहितको राजनीतिक पार्टीको तर्फबाट झापा क्षेत्र नं ५ (२) प्रदेशसभा सदस्यका साझा उम्मेदवार रेवतराज पुरी गगनले आज दमक वडाँ नं ८ मा घरदैलो तथा परिचयात्मक भेटघाट गरेका छन् ।

प्रदेश सभा निर्वाचन परिचालन समितिको आयोजना र वडा स्तरीय निर्वाचन परिचालन समिति दमक–८ को व्यवस्थापनमा उम्मेदवार पुरीले घरदैलो सहित मतदाताहरुसँग परिचयात्मक भेटघाट गरेका हुन् ।

लोकतान्त्रिक बाल साझा गठबन्धन अन्र्तगत कांग्रेसको तर्फबाट क्षेत्र नं ५ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार डा खगेन्द्र (पाण्डप) अधिकारी छन् भने प्रदेश सभा १ मा कांग्रेसकै जीवन राई र प्रदेश सभा २ मा माओवादी केन्द्रको तर्फबाट पुरी उम्मेदवार छन् ।

वडा स्तरीय घरदैलो तथा परिचयात्मक भेटघाट कार्यक्रममा उम्मेदवार पुरीले दमक ८ विकासमार्ग, किरात चौकदेखि उत्तर हाइवेसँग जोडिएको सब्जि बजार, सेतुमारी रोड, पुरानो पश्चिम बसस्टेण्ड, नमस्ते हस्पिटलहुदै ढिपीनी खोलासम्मका मतदाताहरुको घरदैलो पुगेका थिए । त्यसैगरी, झापा मोडल स्कुलको दक्षिण, युनिक कलेज दक्षिणहुदै एभेरेष्ट बोडिङ स्कुलको सडकबाट सेतुमारी सडकसम्मका मतदाताहरुको घरदैलोमा पुगेर पुरीले निर्वाचनमा बिजय गराउन अपिल गरेका थिए ।

घरदैलो कार्यक्रमको टोलीमा नेपाली कांग्रेसका प्रदेश २ का सभापति तथा निर्वाचन परिचालन समितिका सहसंयोजक रवि न्यौपाने केसी, माओवादी नेत्री तथा निर्वाचन परिचालन समितिका सहसंयोजक भूमिका कोइराला, एकीकृत समाजवादी दमक अध्यक्ष तथा निर्वाचन परिचालन समितिका सदस्य महेश घिमिरे, कांग्रेस दमक सभापति, प्रकाश प्रसाई, उपसभापति सागर खनाल, सचिव दिपेश दाहाल, माओवादी केन्द्र दमक अध्यक्ष रवि बस्नेत, नेत्री इक्सा सम्बाहम्फे, कांग्रेस नेता चन्द्र खत्री लगायतको सहभागिता थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *