दुधे, ८ कार्तिक–मंसिर ४ गते सम्पन्न हुन लागेको निर्वाचनलाई लक्षित गरेर नेकपा (एमाले) सम्बद्ध अनेरास्ववियू शिबसताक्षी नगर कमिटीले आज झापाको दुधेमा शुभकामना आदानप्रदान तथा चुनवी प्रचार–प्रसार कार्यक्रम गरेको छ ।
सो कार्यक्रममा झापा क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यका नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट साझा उम्मेदवार लालप्रसाद साँवा लिम्बू लगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
अनेरास्ववियू शिबसताक्षी नगर कमिटी अध्यक्ष सृजना कटुवालको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनिता बरालले नेकपा (एमाले) लाई निर्वाचनमा जीताउन देशभरका विद्यार्थीहरु एक जुट हुन आग्रह गर्नुभयो ।
त्यस्तैं, सोही कार्यक्रममा नेकपा (एमाले) प्रदेश १ कमिटीका सदस्य तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार साँवाले आसन्न निर्वाचनको प्रचार प्रसारको निम्ति अनेरास्ववियूले महत्वपूर्ण भूमिका देखाउन आवश्यक रहेको बताउनुभयो ।
सोही कार्यक्रममा झापा क्षेत्र नं ४ प्रदेश १ का उम्मेदवार राधाकृष्ण खनाल, शिबसताक्षी नगर प्रमुख मेघाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्की लगायतले मन्तव्य राख्नुभएको थियो ।
सो अवसरबीचमा अनेरास्ववियुद्धारा शुभ दिवावलीको अवसरमा सामुहिक देउसी समेत गरिएको अनेरास्ववियू शिबसताक्षी नगर अध्यक्ष सृजना कटुवालले बताउनुभयो ।
