रौतहट, ११ कार्तिक–प्रतिनिधिसभा सदस्यका लागि रौतहट जिल्लाको क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएका रेवन्त झाले​ नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार माधवकुमार नेपाललाई समर्थन गरेका छन्।

झाले उम्मेदवारी फिर्ता लिँदै एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालको समर्थन गरेको घोषणा गरेका छन्। झाले गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहको विशेष पहलमा पुरानो घर प्रतिक्रिया दिएका छ्न्।

विगतमा अध्यक्ष नेपालका निकटका सहयोगी झा मधेश आन्दोलनसँगै मधेसवादी दलमा लागेका थिए। यो क्षेत्रमा राम्रै जनमत रहेको मानिएको झा एकीकृत समाजवादी प्रवेश गरेसँगै सो अध्यक्ष नेपालको जितको सम्भावना बढेको आँकलन गरिएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *