दमक, १२ कार्ति–लोकतान्त्रिक-बाम गठबन्धनको तर्फबाट झापा निर्वाचन क्षेत्र नं ५ (१) प्रदेश सभा सदस्य पदका उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र) का नेता रेवतराज (गगन) पुरीले विकास निर्माणका योजना र ती योजनाहरुपुरा गर्न गठबन्धन सरकारले गर्ने बताउनु भएको छ ।
प्रदेश सभा सदस्य पदका उम्मेदवार तथा नेता पुरीले आज दमकको उत्तरी क्षेत्रमा आयोजित चुनावी सभासहितको घरदैलो कार्यक्रममा यस्तो बताउनुभएको हो । पुरीले एमालेले अहिले कमल गाउँपालिकाको पाडाजुङ्गीस्थित निर्माण कार्य अलपत्र रहेको आदिवासी जनजाती रंगशाला तथा स्मृती प्रतिष्ठान बनाउने भन्दै आदिवासी जनजातीहरुलाई फेरी पनि अलमलमा पारिरहेको बताउनुभएको छ ।
उम्मेदवार पुरीले एमालेले आदिवासी जनजातिहरुलाई अपमानित ढंङ्गमा निर्माणधिन रंगशालालाई मदन भण्डारीको नाममा साट्न खोजको भन्दै कोही पनि भ्रममा नपर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘भ्रम पार्न सक्छन् तर कुनै पनि भ्रममा नपर्न आम जनतालाई म अनुरोध गर्दछु ।’
पुरीले रतुवा र मावा खोला तटबन्धन सहित ग्रिनबेल्ट निर्माण गरी हरियाली बनाउने योजना आफ्नो तर्फबाट ल्याएको भन्दै अहिले खोलाको आसपास रहेका सुकुम्बासीहरुलाई उठाउन खोजिएको भन्दै यस्तो हुन नदिने पनि बताउनु भयो ।
पुरीले दमक-रवी-चिसापानी सडकको स्तरन्नोती गर्न, रतुवा खोलाको कटान नियन्त्रण गर्न र दमक–२ मा निर्माणधिन अवस्थाको बसपार्कलाई थप आधुनिकरण गर्न रतुवा खोलाको किनारामा सडकको पूर्वाधारलाई स्तरवृद्धि गरिने र हात्ति पीडित क्षेत्रमा तत्काल स्थानीयवासीसंंगको सहकार्यमा व्यवस्थित ढंङ्गले जङ्गल आसपासका घर गाउँलाई तारजाली निर्माण गरिने बताउनुभयो ।
सो कार्यक्रममा प्रतिनिधिसभा सदस्यतर्फ समानुपातिक उम्मेदवार तथा कांग्रेस नेता आइन्द्र केरुङले समेत स्थानीयवासीको समस्या र दमकवासीको भाग्य अनि भविश्यको निम्ति लोकतान्त्रिक बाल गठबन्धनका उम्मेदवारलाई बिजय गराउन आग्रह गर्नुभएको थियो ।
घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका नेता सुरेश सुब्बा, कांग्रेस क्षेत्रीय प्रदेश सभापति रवी न्यौपाने, रोशन बिष्ट, नेकपा (एकीकृत समाजवादी) झापाका नेता टीका प्रसाई, दमक नगर अध्यक्ष महेश घिमिरे, नेकपा (माओवादी केन्द्र) का नेता बेदु गौतम, दमक नगर अध्यक्ष रवि बस्नेत, कांग्रेस नेता सागर खनाल, दिपेश दाहाल, जीतुु धिमाल लगायतको उपस्थिति रहेको थियो ।
