दमक, १२ कार्तिक–पार्टी नेतृत्व, संगठन निर्माण र विधि–पद्धतीमा लामो समयदेखि फरक बिचार र दृष्ट्रिकोण राख्दै आइरहेका नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगर कमिटीका वरिष्ठ उपाध्यक्षसहितको एक समुहले आज (शनिबार) दिउसो एक प्रेष बिज्ञप्ती मार्फत सामुहिक रुपमा राजीनामा गरेका छन् ।
नगर कमिटीका वरिष्ठ उपाध्यक्ष प्रेम याम्फु राईसहितको ४० जना अगुवा नेता तथा कार्यकर्ताहरुले यसअघि सम्पन्न मााओवादी केन्द्र शिबसताक्षी नगर अधिवेशनबाट गठित पार्टी नगर कमिटीप्रती अविश्वास र असहमती राख्दै आइरहेका थिए । प्रेम याम्फू राई शिबसताक्षी नगरपालिकाबाट प्रकाशन हुने सतासी साप्ताहिक पत्रिकाका प्रकाशक तथा प्रधान सम्पादक हुन् । शिबसताक्षी–२ धरमपुर निवासी राई केर्खास्थित मदन आश्रित स्मृती बहुमुखी क्याम्पसका प्राध्यापक हुन् ।
यसरी राजीनामा गर्नेहरुमा नगर उपाध्यक्ष प्रेमयाम्फु राई, वाइसीयल शिबसताक्षी नगर अध्यक्ष इन्द्र न्यौपाने, शिबसताक्षी–१ धरमपुर वडा कमिटी अध्यक्ष नेत्र नेम्वाङ्ग, वाइसीयल नगर उपाध्यक्ष गोपाल नेयोङ (जिएन), वाइसीयल नगर उपाध्यक्ष सञ्जिव राई, कलाकार तथा वाइसियलका नेता धिरज परियारसहित ४० जनाले पार्टीबाट साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका हुन् ।
पार्टी विधि र पद्धतीबाट नचहली व्यक्ति हावी भएको भन्दै बाध्य भएर पार्टीबाट अलग भएको नगर उपाध्यक्ष प्रेमयाम्फु राईले जानकारी दिए । उनले भने, हामीले ४२ सुत्रीय मागहरु पार्टीमा राखेको लामो समय सम्म पनि पार्टी वेवस्ता गरेकाले बाध्य भएर राजिनामा दिनु परेको हो ।
सो बिज्ञप्तीमा बदलिदो राजनीतिक परिस्थितिसँग यवा वर्गहरुलाई पछि पार्दै राजीतिक छवि भएकालाई पाखा र गोजीका मानिसलाई माथी पुर्याउने परिपार्टी पार्टीमा विकास हुँदै गएको, कार्यकर्ताबीच फुटाउ र आन्तिरिक शक्ति आफुमा निहित बनाउने नेतृत्वको भुमिका रहेकाले पनि पार्टी बसेर काम गर्न नसकिने भएकाले बाध्य भएर यो निर्णयमा पुगेको स्पष्ट पारिएको छ ।
