झिलझिले, १३ कार्तिक–झापाको झिलझिलेमा झिलझिले भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । आइतबार आयोजक झिलझिले भेट्रान क्लबले गणेशमान स्मृति प्रतिष्ठानको खेल मैदानमा आगामी कार्तिक १५ गतेदेखि २४ गतेसम्म फुटबल प्रतियोगिता हुने जानकारी गराएको हो ।

सकारात्मक परिवर्तन र स्वास्थ्यको लागि प्रतियोगिताको आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष बमबहादुर राईले जानकारी दिए । प्रतियोगितामा प्रदेश नं १ का १० टिमले सहभागिता जनाउने छन् । जसमा दमक लखनपुर भेट्रान क्लब, विर्तामोड, आयोजक बी, भद्रपुर, उर्लाबारी, विराटनगर, कनकाई , आयोजक ए र धरान भेट्रान क्लबले रहेका छन् ।

प्रतियोगिताका विजेता टिमले नगद ५० हजार सहित प्रमाणपत्र, ट्रफी, मेडल प्राप्त गर्ने छन् भने, उपविजेता टिमले ३० हजारसहित प्रमाण पत्र, ट्रफी, मेडल प्राप्त गर्ने आयोजक टिमका सचिव प्रवेश दाहालले जानकारी दिए ।

प्रतियोगितामा म्यान अफदी म्याच, हाइस्कोरर, बेष्ट डिफेन्डर, बेष्ट मिटफिल्डर र वेष्ट गोल किप्परलाई २-२ हजारका दरले प्राप्त गर्ने समेत आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ८ लाख, २५ हजार अनुमान गरिएको आर्थिक संयोजक दिपेश रिजालले बताए । उनले आयोजक क्लबका सदस्यहरुबाट नगद कम्तिमा १ हजार र अन्य साथी भाईहरुको सहयोग, बैदेशिक रोजगारीमा गएको खेलप्रेमीहरुको सहयोगमा सम्पन्न गरिने जानकारी दिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *