पाराबारी (धरमपुर), १५ कार्तिक–यहाँका स्थानीय युवा बुद्धिजीविहरु, व्यवसायीहरु र सामाजिक अगुवाहरुले दिपावलीमा आयोजना गरेको देउसी–भैलीबाट सङ्कलन गरेको १३ हजार ३५ रुपैया मुटु रोगबाट पीडित पदम बहादुर विश्वकर्मको उपचारमा सहयोग हस्तान्त्रण गरिएको छ । आज (मंगलबार) शिबसताक्षी–३ पाराबारी बजारमा एक संक्षिप्त कार्यक्रम गरेर सो रुपैया पदम विश्वकर्माको जीवनसंगिनीलाई हस्तान्त्रण गरिएको हो ।

शिबसताक्षी–३ पाराबारी बजार निवासी पदम विश्वकर्म मुटु सम्बन्धी समस्याले पीडित छन् । विश्वकर्मको घरायसी आर्थिक अवस्था कमजोर हुनुका साथै ऋण–सापटी गरेर ल्याएको पैशा र जायजेथा पनि सकिसकेपछि उपचारमा सहयोग गर्ने उदेश्यले देउसी–भैलीमा जम्मा भएको रुपैया पीडित परिवारलाई हस्तान्त्रण गरिएको हो ।

देउसी–भैली टोलीका सदस्य समेत रहनुभएका पाराबारी बजारका युवा व्यवसायी बिपिन भट्टराईले दिपावलीको अवसर पारेर पाराबारी बजारभित्रका आफ्ना आफन्त र साथीहरुबीच खेलिएको देउसी–भैलीमा रु १३,०३५ सङ्कलन भएको र सो रुपैया मुटु रोगी पदम बिश्वकर्मको उपचारमा सहयोग स्वरुप हस्तान्त्रण गरिएको बताए ।

सो रुपैया शिबसताक्षी–३ का वार्ड अध्यक्ष भाष्कर न्यौपानेले मुटु रोगी पदम विश्वकर्मका जीवनसंगिनीलाई हस्तान्त्रण गरिएको भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार सो रुपैयाले पदम विश्वकर्मको उपचारको निम्ति सानै भएनी सहयोग पुग्नेछ ।

स्थानीय गोपाल श्रेष्ठ, खेम सुवेदी, राज कुमार थापा र रुद्र सुवेदी, अर्जुन पोखरेल, नबराज दाहाल, युबराज दाहाल, जीवन सापकोटा, गोपाल फूयल, वीरबहादुर बुढाथोकी, केदार पराजुली, गणेस कटेल, गणेश कुवर, मधु श्रेष्ठ, सुवास तामाङ्ग, हर्क नेम्वाङ्ग लगायत शुभेच्छुक साथीहरुबाट सो रुपैया सङ्कलन गरिएको भट्टराईले बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *