झिलझिले, १५ कार्तिक–झापाको निर्वाचन क्षेत्र नं ४ (१) मा नेकपा (एमाले) बाट प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका उम्मेदवारको प्रचारप्रसार तथा सम्पर्कं कार्यालय झिलझिलेमा स्थापना गरिएको छ ।

सो कार्यालयको उद्घाटन प्रतिनिधि सभा सदस्यका उम्मेदवार एलपी साँवा लिम्बू र प्रदेश सभा सदस्यका उम्मेदवार राधाकृष्ण खनालले गर्नुभएको छ ।

सो क्रममा उम्मेदवार साँवा र खनालले आजै शिबसताक्षी–८ को विभिन्न गाउँ–टोलमा पुगेर मतदाताहरुको घरदैलो गर्नुका साथै मतदाताहरुसँग अन्तक्रिया र छलफल गर्नुभएको छ ।

चुनाव प्रचार प्रसार समितिको टोलीले शिवसताक्षी ८ को झिलझिले, सम्झाना चौक, थेचम्बु, डुँडामारी चौक, सृजना चौक, बुद्ध चौक, हुँदै गुरास चौकसम्म घरदैलो गरिएको हो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *