गुल्मी, १७ कार्तिक–गुल्मी क्षेत्र नं २ मा पहिले सहयात्री रहेर नेकपा एमालेमा काम गरेका दुई नेता अहिले चुनावी प्रतिस्पर्धामा छन्।

तत्कालीन नेकपा एमाले र नेकपा रहँदा एउटै पार्टीमा रहेर काम गरेका नेकपा एमालेका सचिव गोकर्ण बिष्ट र एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीबीच गुल्मी क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचनमा भिड्दै छन्।

नेकपा पार्टी विभाजन भएपछि बिष्ट एमालेमै बसे भने झाँक्री नयाँ पार्टी गठन गरी एकीकृत समाजवादीमा लागिन्। झाँक्री गठबन्धनका तर्फबाट साझा उम्मेवार छन् भने बिष्ट एमालेका तर्फबाट मैदानमा छन्।

२०७४ सालमा सामानुपातिक सांसद बनेकी झाँक्री त्यस वेला गोकर्ण बिष्टलाई भोट माग्दै हिँडिन् भने अहिले उनीहरू दुईजना नै चुनावी मैदानमा छन्।

आफूले निर्वाचन क्षेत्रमा गरेका विकास र जनताको सुखदुःखमा सधैँ साथमा रहेको दाबी गर्दै निर्वाचन जित्ने बिष्टले दाबी गरेका छन्। झाँक्री समानुपातिक सांसद हुँदा जिल्ला वासीका लागि केही वास्ता नगरेको बिष्टको आरोप छ।

गठबन्धनकी उम्मेदवार झाँक्रीले भने गुल्मी २ का मतदाताले परिवर्तन चाहेको भन्दै यसपटक आफूलाई रोज्ने दाबी गरेकी छिन्। २०५६ सालदेखि बिष्टलाई भोट दिएका जनताले योपटक भने आफूलाई विजयी गराउने झाँक्रीको दाबी छ।

संविधानको रक्षा र विकासको माध्यमबाट परिवर्तन ल्याउन आफ्नो उम्मेदवारी रहेको झाँक्रीले बताएकी छिन्। आफू शहरी विकासमन्त्री हुँदा गुल्मीको विकासका निम्ति गरेका काम पनि मतदाताले बुझेको र जनताले गफभन्दा कामलाई पत्याउने उनको दाबी छ।

गुल्मी क्षेत्र नम्बर २ मा २०५६ सालदेखि २०६४ मा बाहेक निरन्तर विष्ट विजयी भएका छन्। २०६४ सालमा नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर थापा ९सागर०ले विष्टलाई हराएका थिए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *