दमक, १८ कार्तिक–झापाको दमकमा विद्यार्थी आन्दोलनको नेतृत्वकर्ता र आदिवासी जनजातीको आन्दोलनमा सक्रिय युवा नेता मिलन रुम्दाली राई नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्नुभएको छ ।

लामो समयदेखि जनता समाजवादी पार्टी सम्बद्ध समाजवादी विद्यार्थी युनियन प्रदेश १ का सचिव तथा केन्द्रीय सदस्यको जिम्मेवारी रहेर काम गरिरहनुभएका नेता रुम्दाली कांग्रेस पार्टीमा प्रवेश गर्नुभएको हो । युवा नेता रुम्दालीलाई चुलाचुलीका स्थानीय नेताहरुले टीका–अविर र पुष्पगु्च्छासहित खादा ओढाएर प्रवेश गराउनुभएको हो ।

इलामको चुलाचुलीका स्थाईवासी विद्यार्थी नेता रुम्दाली दमकमा रहेर अध्ययनसंगै सामाजिका र राजनीति क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । रुम्दालीले यसअघि नै जनता समाजवादी पार्टीको नीति, सिद्धान्त, पद्धती, बिचार, आन्दोलन, नेतृत्व, अनुशासन लगायत अन्य विषयप्रती चरम असुन्टुष्टी जनाउदै राजीनामा दिइसक्नुभएको थियो । राजीनामापछि रुम्दाली स्वतन्त्र रुपमा हुनुहुन्थ्यो ।

युवा नेता रुम्दालीले हालै सम्पन्न स्थानीय निर्वाचना चुलाचुली गाउ्ँपालिका मा जनता समाजवादी पार्टीको तर्फबाट वार्ड अध्यक्षको उम्मेदवारी हुनुह्न्थ्यो ।

नेता रुम्दाली किराँत राई यायोक्खा सम्बद्ध किरात राई विद्यार्थी संघ झापाका अध्यक्ष र किरात राई यायोक्खा चुलाचुली गाउ्रँ समितिका सचिव हुनुहुन्छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *