बिर्तामोड, १९ कार्तिक–झापाको बिर्तामोडमा बसोबास गर्ने मुस्लिम समुदायको आज बिर्तामोडमा सम्पन्न प्रथम बिर्तामोड नगर अधिवेशनबाट १७ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ ।
नेकपा एमालेको जनसंगठन नेपाल मुस्लिम इत्तेहाद संगठनका जिल्ला कमिटी उपाध्यक्ष साबिर अन्सारीको अध्यक्षतामा भएको प्रथम अधिवेशनको प्रमुख आतिथ्य संगठनका केन्द्रीय सचिव अफ्रोज खानको रहेको थियो ।
नवगठित नगर किमटीको अध्यक्षमा नसिम अख्तर चुनिएका छन् । कमिटीको उपाध्यक्षमा मोहम्मद सफदर अन्सारी, सचिवमा इसाक आलम, कोषाध्यक्षमा आफरिन खातुन चुनिएका छन् । यस्तै सहसचिवमा मोहिन खान र वाहिद मिया र अन्य सदस्यहरू रहेका छन् ।
नवनिर्वाचित नगरकमिटीका पदाधिकारी सदस्यहरूलाई केन्द्रीय सचिव अफ्रोज खानले सपथग्रहण गराएका थिए । कार्यक्रममा नवनिर्वाचित नगर अध्यक्ष नसिम अख्तरले प्रतिवद्धता जनाएका थिए ।
सो अधिवेशनमा संगठनले तत्काल चुनेका सल्लाहकार संयोजक अस्लम खानले बधाई मन्तब्य राख्दै आसन्न निर्वाचनमा भोट हाल्ने तरिका घरको मान्छेलाई सिकाउनुस्, छरछिमेकीलाई सिकाउनुस् भन्ने भनाई राखे । उनले पैसा दिने मानिसको पक्षमा लाग्ने होइन, इमानदार व्यक्तिको पक्षमा एमालेको सूर्य चिन्हमा भोट हालौं भन्ने आह्वान गरे ।
सो कार्यक्रममा पार्टी जिल्ला सचिवालय सदस्य तथा २ नं क्षेत्रीय संयोजक बद्री भट्टराई, जिकस तथा बिर्तामोड इन्चार्ज देवराज कार्की, जिकस तथा प्रचार विभाग प्रमुख गोपाल काफ्लेले नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै पार्टीको काममा लाग्न सुझाव दिएका थिए ।
