दमक, २० कार्तिक–निर्वाचनको मिति नजिकिदैगर्दा राजनीतिक दलहरु आ-आफ्नो उम्मेदवारहरु लिएर यतिवेला मतदाताहरुको घरदैलोमा पुगेर भोट मागिरहेका छन् । बाजागाजा, नाचगानसहित निकै ठूलो संख्यामा नेता-कार्यकर्ताहरु लिएर उम्मेदवारहरु मतदाताहरुको घरदैलोमा पुगिरहेको समयमा झापाको क्षेत्र नं ५ (२) प्रदेशसभा सदस्यका उम्मेदवार छबि सिटौलाले भने बिना तामाझाम र फरक शैलीका साथ मतदाताहरुबीच भेटघाट गर्ने अभियानमा रहनुभएको छ ।

यसअघि नै मतदाताहरुको घरदैलोमा पटक–पटक पुगिसक्नुभएका सिटौलाले गर्न नसक्ने काम गर्छु भनेर मतदाताहरुलाई भ्रममा पार्न चाहेका छैनन् । जे गर्न सकिन्छ, त्यो मात्रै मैले मतदाताबीच राखिरहेकोछु ।

पछिल्लो समय चुनावी अभियानको क्रममा निकै चर्चामा आउनुभएका सिटौलाले पदेशसभा सदस्यमा उम्मेदवारी दिनुभएको छ । विज्ञान विषयका अध्यापक समेत रहनुभएका प्रदेश सभा सदस्यका उम्मेदवार सिटौला शिक्षा क्षेत्रमा लामो समयदेखि कार्यरत हुनुहुन्छ । वहाँका अनुसार परिवर्तनका पक्षमा रहेका झापा क्षेत्र नं ५ (२) प्रदेश सभा सदस्यमा ‘लौरी’ चुनाव चिन्हमा मतदान गर्न मतदाताहरुमा अपिल गर्नुभएको छ । यसपटक युवालाई नेतृत्वमा पुर्याउन ‘लौरो’ चुनाव चिन्हमा मतदान गर्न उम्मेदवार सिटौलाले घरदैलोमा मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।

देखावटी र खर्चिलो चुनावी अभियान छाडेर सुटुक्क दमक र कमल–५, ६ र ७ लखनपुरका मतदाताहरुको घरदैलोमा पुगिसक्नुभएका उम्मेदवार सिटौलाले पछिल्लो समयमा चुनावी अभियानलाई प्रभावकारी बनाउन जुट्नुभएको छ । धेरै आवश्सन र सपनाहरु बाडेर म मतदाताहरुलाई भ्रममित्र राख्न चाहान्न, सिटौलाले भने–’असल, इमान्दार र सक्षम उम्मेदवारलाई बिजय गराउनुहोस ।’

‘लौरो’ चुनाव चिन्ह बोकेर निर्वाचन क्षेत्रको गाउ्ँ–घरका सोझा, सिधा मतदाताहरुले राजनीतिक दलका उम्मेदवारले चुनाव जितेर गएपछि भेट्न त परैको कुरा बिगतमा उठाएका आफ्ना समस्याप्रती बेखबर हुने गरेको सुनाएका सिटौलाले बताउनुभयो । वहाँका अनुसार मतदाताहरु परिवर्तन चाहिरहेका छन् । दलका उम्मेदवारहरु मतदाताहरुलाई केवल झुठा आवश्सन दिएर र मतदाताहरुलाई भ्रम र अन्यौलमा पारेर चुनाव जित्न खोजिरहेका छन्, त्यसको बिरुद्धमा मतदाताहरु संचेत हुन जरुरी छ ।

रतुवा, मावा खोलाको तटबन्धनलाई मु्रख्यगरी आफ्नो चुनावी कार्यक्रम र एजेण्डा बनाउनुभएका सिटौलाले दमक र लखनपुर क्षेत्रमा रहेका सामुदायिक बिद्यालयमा शिक्षाको गुणस्तर र त्यसको सुधारमा बिशेष योजना र कार्यक्रमका साथ निर्वाचन प्रचार प्रसारमा सक्रिय हुनुहुन्छ ।

त्यस्तैं, हात्ति प्रभावित क्षेत्र दमक र लखनपुरको उत्तरी क्षेत्रमा कृषकहरुलाई दिर्घकालिन आय र आम्दानीका कार्यक्रमहरु सञ्चालन गरिने र रोजगारमुखी उद्योग व्यवसाय स्थापना गर्न पहल गरिने सिटौलाले जनाउनुभएको छ ।

विज्ञान, वातबरण र समाजशास्त्रका विद्यार्थी, अध्यापक र सामाजिक अभियान्ता समेत रहेका उम्मेदवार सिटौलाले आफू समग्र युवाहरुको अभिमतका लागि उम्मेदवारी दिएको बताउनुभएको छ । अघिल्लो पुस्ताका बुढापाका नेताहरुले समाज र देशलाई परिवर्तन गर्न नसक्ने भन्दै उम्मेदवार सिटौलाले अवको दिनमा देशलाई विकास र समृद्धिमा अगाडी बढाउन युवालाई जिताउनु पर्नेमा जोड दिनुभयो । युवाले नेतृत्व नगरेसम्म परिवर्तन संभव नभएको उनको ठहर छ ।

उम्मेदवार सिटौलाले आफ्नो यस पटकको निर्वाचनमा प्रतिस्पर्धालाई युवा नेतृत्वमा जोड दिनुभएको छ । दशकौ दशकदेखि गाउँ र दुर्गम क्षेत्रका मतदाताहरुलाई ठूला राजनीतिक दलका नेताहरुले नियन्त्रणमा राखिरहेको सिटौलो बताउनुहुन्छ । वहाँले यस पटक राजनीतिक दलबाट मतदाताहरु माथि उठेर स्वतन्त्र उम्मेदवारलाई बिजय गराउन हिक्मत गर्नुपर्नेमा जोड दिनुभयो । परिवर्तनका पक्षमा मतदाताहरु प्रस्तुत हुन समेत उम्मेदवार सिटौलाले आग्रह गर्नुभयो ।

सिटौलाले एमाले–काग्रेस, माओवादी, एकीकृत समाजवादीसंग निर्वाचनमा प्रतिस्पर्धा गर्न भन्दा बढी असल युवा उम्मेदवारहरुलाई बिजय गराउन मतदाताहरुलाई आग्रह गर्नुभएको छ । वहाँले म सक्षम भनेर परिचय गराइरहनु भ्नदा पनि प्रदेशसभा निर्वाचन अन्तगर्त उम्मेदवारलाई बिजय गराउन अपिल समेत गर्नुभएको छ ।

अन्य राजनीतिक दलहरुले जस्तो चुनवाी प्रचार–प्रसार लगायत उम्मेदवार परिचय र घरदैलो अभियानहरु खर्चालु र सहयोगीहरु लिएर हिड्न नहुने सिटौलाले प्रष्ट पार्नुभयो । सिमित सहयोगी वा कहिलेकाही त उम्मेदवार ए्क्लै निर्वाचन क्षेत्रमा मतदाताहरुको घर–घर पुगेर मत (भोट) मागिरहनु भएको छ ।

सिटौलासहित झापा ५ (२) प्रदेशसभा सदस्यका उम्मेदवारहरुमा नेकपा (एमाले) र राप्रपाबाट साझा उम्मेदवार होम थापा, नेपाली कांग्रेसहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत दलबाट साझा उम्मेदवार रेवतराज (गगन) पुरी मैदानमा आइसक्नुभएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *