झिलझिले, २० कार्तिक–मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निम्ति एकै पटक सम्पन्न हुन लागेको निर्वाचनमा झापा क्षेत्र नं ४ (१) प्रदेश सभा सदस्य स्वतन्त्र उम्मेदवार शान्तिराम न्यौपानेले मतदाता भेटघाट र घरदैलो कार्यक्रमलाई तिब्र बनाएका छन् ।

स्वतन्त्र उम्मेदवार न्यौपानेले प्रदेश निर्वाचन क्षेत्रभित्र पर्ने सवै पालिकाको वार्ड र गाउँ–टोलस्तरीय मतदाताको घरदैलोमा पुगेर आफ्नो प्रतिवद्धताहरु लिएर पुगिसकेका छन् । आफ्ना प्रतिवद्धतामा गर्न नसकिने र मतदाताहरुलाई भ्रम बनाउने खालका योजना र कार्यक्रम समावेश नगरिएको उम्मेदवार न्यौपानेले जानकारी दिए ।

मतदाताहरुको घरदैलोमा पटक-पटक पुगिसकेका स्वतन्त्र उम्मेदवार न्यौपानेले गर्न नसक्ने काम गर्छु भनेर मतदाताहरुलाई भ्रममा पार्न चाहेका छैनन् । जे गर्न सकिन्छ, त्यो मात्रै मैले मतदाताबीच राखिरहेको बताए ।

जाँतो चुनाव चिन्ह पाएका न्यौपानेले प्रतिनिधिसभा सदस्यतर्फको निम्ति न्यौपानेले स्वतन्त्र उम्मेदवार खुस्बु ओलीसंग चुनावी तालमेल गरेका छन् । ओली राप्रपाबाट बिद्रोह गर्दै झापा क्षेत्र नं ४ का लागि प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी हुन् । न्यौपाने र ओलीको गठबन्धनले क्षेत्र नं ४ (१) प्रदेश निर्वाचन क्षेत्रमा प्रचारप्रसारका अभियानले मतदाताहरुलाई आर्कषित गरेको स्थानीयवासीहरु बताउँछन् ।

युवा नेत्री ओली राष्ट्रिय राजनीतिमा चर्चामा आइसकेकी हुन् । उनी कुनै समयमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसंग राजनीति सम्बन्धसमेत भएको नेत्री हुन् । कनकाई नगरपालिका सुरुङ्गाकी खुस्बु ओलीको उम्मेदवारले एमाले–राप्रपाको गठबन्धनबाट लालप्रसाद साँवा र कांग्रेस, माओवादी केन्द्र लगायतको गठबन्धनबाट देउकुमार थेबेलाई कडा टक्कर पुग्ने बुद्धिजीबिहरु बताउछन् ।

भाषण कला र आर्कषक व्यात्तित्वका कारण खुस्बु ओलीको चर्चा साँवा र थेबे भन्दा बढी हुने गरेको पाइएको छ । उनले जनतालाई पुरा नहुने आवश्सन बाड्ने भन्दा पनि जनताले भोग्दै आएका समस्याहरु सुनेर त्यसलाई पुरा गर्नेतर्फ जोड दिदैं आइरहेका छन् ।

धरमपुर मंगलबारे बजारका ब्यबसायी तथा समाजसेबी न्योपानेले देशमा युवाको नेतृत्वको आवश्यक रहेकोले आफुले उमेद्धारी दिएको बताएका छन । राजनितिक दलले युवाहरुलाई अवसर नदिने पाका नेताहरु मात्र सत्ता र माथिल्लो ओहोदामा पुग्ने प्रबृद्धिले गर्दा युवा जनशक्ति बिभिन्न राष्ट्रमा पलायन हुनुपर्ने बाद्यतालाई चिर्नको लागी पनि आफ्नो उमेद्धारी रहेको न्योपानेको भनाई छ ।

पछिल्लो समय चुनावी अभियानको क्रममा राजनीतिक दल वा पार्टीका उम्मेदवारको तुलनामा निकै चर्चामा आएका न्यौपानेले प्रदेश सभा सदस्यमा ‘जाँतो’ चुनाव चिन्हमा मतदान गर्न झापा ४ (१) का मतदाताहरुमा अपिल गरेका छन् । यसपटक युवालाई नेतृत्वमा पुर्याउन ‘जाँतो’ चुनाव चिन्हमा मतदान गर्न उम्मेदवार न्यौपानेले घरदैलोको क्रममा मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।

न्यौपानेका अनुसार यतीका बर्ष राजनितिक पाटीले नेपाली जनतालाई जाँतोले झै पिसि रहयो अबो आफ्नो चुनाब चिन्ह जाँतो नै भएकोले सबै मतदाताले जाँतो चुनाब चिनहमा मतदान गरि राजनिनिक दललाई पिसेर पाखा लगाउन आग्रह गरेका छन । यतिका बर्ष हरेक राजनितिक दलका उमेद्धार भनाउदाहरुले आफ्ना मतदाताको लागी काम गरेको हेरेको देखेकै छौ ।

नेताहरु चुनाब अघि दुई हात जोडदै लालीपप बाड्न आउछन अनि चुनाब जिते पछि फर्केर आउदैनन् त्यसैले सक्षम जुझारु युवालाई झापा ४ प्रदेश (१) मा जाँतो चुनाब चिन्हमा मतदान गरि बिजयी गराउन मतदातालाई न्यौपानले आग्रह गरेका छन ।

शिबसताक्षी–७ र १० बाहेक १, २, ३ (धरमपुर), ४, ६ (पाँचगाछी), ६ (शिबगञ्ज), ८, ११ (सतासीधाम) सहित गौरादह ९ (बैगुनधुरा), गौरिगञ्ज–१ (माहाभारा) र गौरिगञ्ज २ (कोरोबारी) क्षेत्र नं ४ (१) प्रदेश निर्वाचन क्षेत्र पर्दछ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *