दमक, २१ कार्तिक–निर्वाचनको प्रचारप्रसारको क्रममा उम्मेदवारहरुले आ–आफ्ना घोषणा पत्र र प्रतिवद्धता लिएर मतदाताहरुको घरदैलोमा पुगेर भोट माग्ने क्रम यतिवेला तिब्र भएको छ ।
यसैबीच, पूर्वप्रधानमन्त्री समेत रहनुभएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा नेपाली कांग्रेस (विपी) को तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्वार दिएका छन्ः शेखर सेढाई । पेशाले लामो समयदेखि पत्रकारितामा सक्रिय सेढाईले यसपटक कांग्रेस विपीको तर्फबाट झापा ५ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका छन् । उनै उम्मेदवार सेढाईले आज (सोमबार) बिहान दमकमा पत्रकार भेटघाट गरेर चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
सेढाईले आफ्नो प्रतिबद्धतामा दलहरुले उठाएका विषय र सन्दर्भलाई केही परिमार्जन गरेर १७ वटा बुदाहरु राखेका छन् । खासगरी, सेढाईले झापामा लोपोन्मुख र सिमान्तकृत जात–जातीको भाषा, सभ्यता, संस्कृती, कलालाई बचाउन आवश्यक ठानेर नमुना एकीकृत बस्ती निर्माण गरिने, संसद विकास कोषलाई खारेजी लगायतका विषयलाई मुख्यगरी प्राथमिकतामा राखेर प्रतिवद्धता ल्याएका छन् ।
त्यस्तैं, उम्मेदवार सेढाईले प्रतिवद्धतामा आफ्नो कार्यकालभरीको समयभित्र आधुनिक खालका चार वटा ठूला उद्योग स्थापना गरी रोजगारको प्रवन्ध मिलाउने उल्लेख गरेका छना् ।
झापाको निर्वाचन क्षेत्र नं १ बाहेका अरु चार वटै क्षेत्रमा सो पार्टीद्धारा उम्मेद्वारी दिइएको पत्रकार सम्मेलनमा सेढाईले जानकारी दिए ।
