विराटनगर, २२ कात्तिक–४ मंसिरमा हुने चुनावमा उम्मेदवारी दिएकाहरु मतदाता रिझाउन घरदैलो र भेटघाटमा व्यस्त छन् ।

सबै उम्मेदवार चुनावी अभियानमा व्यस्त हुँदा मोरङ–३ ‘क’ मा उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार शेखरचन्द्र थापा ३० दिनयता अस्पतालको बेडमा छटपटाइरहेका छन् । प्रदेश १ सरकारका वन वातावरण तथा भू संरक्षण मन्त्री थापा गत असोज २४ गतेयता अस्पतालमै छन् ।

थापा २०७४ सालमा समानुपातिक पद्धतिबाट प्रदेशसभामा निर्वाचित भएका थिए । यो पटक उनलाई कांग्रेसले प्रत्यक्ष तर्फको टिकट दिएको थियो । गत असोज २३ गते उम्मेदवारी मनोनयन दर्ता गरेका थापा २४ गते नै गम्भीर बिरामी परे । त्यसअघि भने उनी औषधि खाएर चुनावी अभियानमा थिए ।

असोज २४ गते स्वास्थ्य जटिल भएपछि उनलाई विराटनगरकै नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । गम्भीर प्रकारको निमोनिया देखिएपछि उनलाई थप उपचारका लागि असोज २७ गते हेलिकप्टरमा काठमाडौंको ह्याम्स अस्पताल लगिएको थियो ।

-अनलाइनखबरबाट

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *