पथरी (मोरङ), २२ कार्तिक–कामना सेवा विकास बैंकको १६औ वार्षिकोत्सबको अवसरमा उक्त बैंकको मोरङस्थित पथरी शाखाले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । बैकको बार्षिकोत्सबको अवसर पारेर पथरी शाखाले सोमबार वित्तय साक्षरता कार्यक्रम र मंगलबार सरसफाई कार्यक्रम गरेको हो ।

बैंकको पथरी शाखाले सोमबार पथरीशनिश्चरे–३ स्थित जनता माध्यमिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको बैंकका पथरी शाखा प्रमुख राजेश कुईकेलले जानकारी दिए । कक्षा ११ र कक्षा १२ मा अध्ययनरत विद्यार्थिहरुलाई बैंक तथा वित्तिय संस्था सम्बन्धि जानकारीसहित सेयर सम्बन्धिसमेत जानकारी गराइएको शाखा प्रमुख कुईकेलले जानकारी दिए ।

यस्तै, बैंकले मंगलबार सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पथरीशनिश्चरे १ भुल्केदेवि मन्दिर परिसरमा सरसफाई गरेको छ । कामना सेवा विकाश वैंक पथरी, विराटचौक, केरावारी र उर्लाबारी शाखाका कर्मचारिको समेत सहभागितामा मन्दिर परिषरको सरसफाई गरिएको हो ।

१६औ वार्षिकोत्सबको अवसरमा बैंकले साताभर वित्तिय साक्षरता, सरसफाई, रक्तदान लगायतका कार्यक्रम गर्ने तालिका रहेको पथरी शाखा प्रमुख कुईकेलले जानकारी दिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *