झिलझिले, २३ कार्तिक–मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्बाचनमा झापा झापा क्षेत्र नं ४ का प्रतिनिधि सभासदस्य पदमा स्वतन्त्र उम्मेदवार खुश्बु ओलीले मतदाता भेटघाट र घरदैलो कार्यक्रमलाई तिब्र बनाउनु भएको छ ।

स्वतन्त्र उमेद्धार ओलीले आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने सवै पालिकाको २८ वटा वार्ड र गाउँ–टोलस्तरीय मतदाताको घरदैलोमा पुगेर आफ्नो प्रतिवद्धताहरु लिएर जाने क्रम जारी छ । आफ्ना प्रतिवद्धतामा गर्न नसकिने र मतदाताहरुलाई भ्रम बनाउने खालका योजना र कार्यक्रम समावेश नगरिएको उम्मेदवार ओलीले बताउनु भयो ।

ओलीको अनुसार देशमा युवाको नेतृत्वको आवश्यक रहेकोले आफुले उमेद्धारी दिएको बताउनु भयो । राजनितिक दलले युवाहरुलाई अवसर नदिने पाका नेताहरु मात्र सत्ता र माथिल्लो ओहोदामा पुग्ने प्रबृद्धिले गर्दा युवा जनशक्ति बिभिन्न राष्ट्रमा पलायन हुनुपर्ने बाद्यतालाई चिर्नको लागी पनि आफ्नो उमेद्धारी रहेको नेतृ ओलीको भनाई छ ।

मतदाताहरुको घरदैलोमा पटक–पटक पुगिसक्नु भएका स्वतन्त्र उम्मेदवार ओलीले जे गर्न सकिन्छ, त्यो मात्रै मैले मतदाताहरु बीच राखिरहेको बताउनु भयो । प्रभाबशाली युवा नेतृ सरल र प्रस्ट बक्ताकोे रुपमा हेरिएको ओलीले बेलायत स्थीत बिश्व प्रशिद्ध अक्सफोर्ड बिश्वद्यिालयबाट आध्यान गरि आफ्नो मुलुकमा बिकाशको मुल फुटाउने योजना र लक्ष्य सहित स्वदेश फर्की चुनाबी मैदानमा होमीनु भएको बताइएको छ ।

प्रभाबशाली युवा नेतृ ओली राष्ट्रिय राजनीतिमा चर्चामा आइसक्नु भएको छ । उहाँ कुनै समयमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसंग निकट राजनीति सम्बन्ध समेत भएको नेतृ हुन् । कनकाई नगरपालिका सुरुङ्गा स्थायी घर भएको खुश्बु ओलीको उम्मेद्धारले एमाले–राप्रपाको गठबन्धनबाट लालप्रसाद साँवा र कांग्रेस, माओवादी केन्द्र लगायतको गठबन्धनबाट उमेद्धार बनेका देउकुमार थेबेलाई कडा टक्कर पुग्ने बुद्धिजीबिहरु बताउछन् ।

भाषण कला र आर्कषक व्यात्तित्वका कारण खुस्बु ओलीको चर्चा साँवा र थेबे भन्दा बढी हुने गरेको पाइएको छ । उनले जनतालाई झुटो आवश्सन बाड्ने भन्दा पनि जनताले भोग्दै आएका समस्याहरु सुनेर बुझेर त्यसलाई समधान गर्ने आफ्नो मुख्य ऐजेन्डा रहेको ओलीको भनाई छ । महिला र युवाको नेतृत्व गर्दै जिल्लाको एक मात्र महिला प्रतिनिधि सभा सदस्यको उमेद्धार भएकोले सबैले यो पटक आफ्नो मत बदल्न आग्रह गर्नु भयो ।

दलका उमेद्धारले झुटो आश्वसनमा हामीले हाम्रा बुबा, बाजे समेत दलक उमेद्धार लाई भोट दिउ तर हामीले के पायौ सबै मतदाता हरुले सोच्नु पर्ने हुन्छ उहाँले भन्नु भयो । खुकुरी क्रस चुनाव चिन्ह पाउनुभएको ओलीले प्रदेशसभा सदस्यतर्फको निम्ति प्रदेश क,मा स्वतन्त्र उमेद्धार शान्तीराम न्योपाने जाँतो चुनाब चिन्ह र प्रदेश ख ,मा स्वतन्त्र उमेद्धार केहेरसिह बस्नेत चुनाब चिन्ह लाल्टीनसंग चुनावी तालमेल गर्नु भएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *