धरमपुर, २३ कार्तिक–निर्माणकार्यको अन्तिम चरणमा आएर आर्थिक अभाव भएपछि सञ्चालनमा आउन नसकिरहेको झापाको शिबसताक्षी–१ धरमपुरस्थित महिला तथा अपाङ्ग मैत्री सार्वजनिक सौचालयप्रती नगरपालिकाले गम्भिर चासो लिएको छ । नगर प्रमुख मेघाहाङ थोप्राले वडाका जनप्रतिनिधि, इन्जिनियर, धरमपुर बजार व्यवस्थापन समिति र सौचालय निर्माण समितिसहित निर्माणधिन धरमपुर महिला तथा अपाङ्ग मैत्री सार्वजनिक सौचालयको स्थलगत अवोलकन गर्नुभएको छ ।

नगरपालिकाको वरिष्ठ इन्जिनियर कृष्ण राईले सौचालयसम्म विद्युत जडानका लागि तार, बिजुली र पोल लगायत पानी ट्याङ्की, पानीको पाइप, धारा जडान र हात–मुख सरसफाईका लागि अनुमानित लागत योजना सम्बन्धी विबरणहरु सङ्कलन गर्नुभएको थियो । ,

रोजगारको शिलशिलामा विश्वको विभिन्न मुलुकहरुमा छरिएर रहेका धरमपुरेली युवाहरुको सक्रियतामा सो सौचालय निर्माणकार्य सुरु भएको हो । सामाजिक सञ्जाल मार्फत विश्वको विभिन्न मुलुकमा रहेका धरमपुरेली युवाहरुले धरमपुर चौकमा सार्वजनिक सौचालय सहित धरमपुर पार्क निर्माण गर्ने लक्ष्य राखि आर्थिक सहयोग सङ्कलन गरिएको थियो ।

धरमपुरका युवा नेता हाल रोजगारको शिलशिलामा रहेका लोकेन्द्र नेम्बाङ (एल) को नेतृत्वमा सुरु भएको आर्थिक सङकलनमा धरमपुरका युवाहरुले उत्साहका साथ सहभागिता जनाएका थिए । धरमपुरको विकासमा प्रवासमा रहेका धरमपुरेली युवाहरुले चासो र सरोकार राख्दैं सामाजिक क्षेत्रमा काम गर्ने उदेश्यले धरमपुर अन्तराष्ट्रिय विकास नामक एक संस्थाको स्थापना गरिएको थियो ।

सोही रुपैयाँबाट चार वर्षअघि सौचालय निर्माण कार्य सुरु भएको हो, निर्माण समितिका संयोजक नेत्र नेम्बाङले भने । सौचालयमा विद्युत जडानका लागि आवश्यक तयारी भइरहेको छ भने सौचालयको रेखदेख र व्यवस्थापनका निम्ति परिचालिकालाई आवश्यक पर्ने आवासको प्रवन्ध गर्न बाँकी रहेको नेम्बाङले जानकारी दिए ।

रतुवामाई बृक्षारोपण आयोजनाको बन क्षेत्रमा अवस्थित सार्वजनिक सौचालय महिला तथा अपाङ्ग मैत्री हो । सो सौचालयमा महिलाहरुका लागि डे«सिङ रुम (कोठा) को समेत सुविधा रहेको छ ।

नगर प्रमुख थोप्रासहित इन्जिनियर राई, सार्वजनिक सौचालय निर्माण समितिका संयोजक नेत्र नेम्बाङ, पुर्व वडाध्यक्ष सुवास राई, वर्तमान वडा सदस्य पुर्ण चेम्जोङ, नारायण रिजाल, धरमपुर बजार व्यवस्थापन समिति अध्यक्ष लीलाबहादुर जोशी, उपाध्यक्ष केडी रिजाल, युवा व्यवसायी निहाङ किराती, माधब भण्डारी, मोती खवास, प्राध्यापक तथा सतासी साप्ताहिक पत्रिकाका प्रधान सम्पादक प्रेम याम्फु राई लगषयतको सहभागिता रहेको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *